१ आश्विन २०८३, बिहीबार
,
Latest
बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भारतका सुरक्षा अधिकारीबीच बैठक: दोहोरो नागरिकतामाथि निगरानी हुने



अ+ अ-

दार्चुला । भारत पिथौरागढको जोलजीविमा नेपाल–भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक बिहीबार बसेको छ । सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच समन्वयात्मक बैठक बसेको हो ।

जोलजीविस्थित सीमा सुरक्षा बल (एसएसबी) को क्याम्पमा भएको बैठकमा सातवटा एजेण्डामा छलफल भएको छ । त्यसअनुसार बैठकको पहिलो एजेण्डा नेपाल–भारत प्रवेश गर्नेहरुको परिचयपत्र पहिचान गर्नुपर्ने राखिएको छ । तेस्रो मुलुकका नागरिक भित्रिए÷नभित्रिएको जानकारीका लागि दुवै देशका सुरक्षा निकायले सीमामा परिचयपत्र निगरानीमा कडाइ गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

सीमा पुल खोल्ने विषयमा दुवै देशका सुरक्षा निकायबीच समन्वय गर्नुपर्नेमा बैठकले जोड दिएको छ । नेपाल–भारतसँग जोडिएका सबै झोलुङ्गे पुलबाट आवतजावत गर्ने नागरिकलाई कोरोना जाँच तथा कोरोना लागे÷नलागेको सुनिश्चित गर्नुपर्नेमा बैठकले जोड दिएको छ । नेपाल–भारत जोड्ने निर्माणाधीन बाकुस्थित झोलुङ्गे पुल निर्माणलाई चाँडो सम्पन्न गरी सञ्चालन गर्नुपर्नेमा बैठकमा छलफल भएको छ ।

सीमामा हुने चोरी, तस्करी, लागुऔषध नियन्त्रण, मानव बेचबिखन तथा ओसारपोसार, शङ्कास्पद सूचना आदान–प्रदान गर्नेबारे दुवै देशका सुरक्षा अधिकारीबीच सहमति भएको छ । सीमा क्षेत्रमा नेपाल–भारतका सुरक्षाकर्मीले संयुक्तरूपमा अपराध नियन्त्रणका लागि पेट्रोल गस्ती गर्ने विषयले पनि प्राथमिकता पाएको छ । दोहोरो नागरिकता लिएर बसेका नागरिकमाथि निगरानी गरी कानुनी कारबाही गर्ने विषयमा समेत सहमति बनेको सुरक्षा अधिकारीले जनाएका छन् ।

सीमा सुरक्षा बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्र्वाटर दार्चुलाका गणपति नरेन्द्र बम, प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्ट, सीमा चौकी तथा सशस्त्र प्रहरीका विभिन्न बोर्डर आउट पोष्टका प्रमुखको सहभागिता थियो । भारतका तर्फबाट ५५ बटालियन पिथौरागढका कमान्डेन्ट एसके शर्मा, जोलजीवि थानाका इन्स्पेक्टर प्रदीप कुँवरलगायत सुरक्षाकर्मीको उपस्थिति थियो । रासस