१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

मयुर नाच संरक्षणमा जुट्दै नगरपालिका



अ+ अ-

जाजरकोट । जिल्लाको भेरी नगरपालिका मयुर नाच संरक्षणमा जुटेको छ । परम्परागत संस्कृतिको जर्गेना गर्न नगरपालिका संरक्षणमा जुटेको हो । पुरानो संस्कृतिले जिल्लाको परम्परागत संस्कृतिलाई बचाउन सहयोग गर्ने भन्दै नगरपालिकाले मयुर नाच संरक्षणमा जुट्ने प्रत्येक समूहलाई रु ५० हजारका दरले प्रोत्साहनस्वरुप सहयोग गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।

उनले भने, “पछाडि मयुरको जस्तो प्वाँख, हातमा लट्ठी गर्दै एकापसमा मयुरको तालमा नाचिने यो संस्कृतिले हाम्रो पुरानो संस्कृतिको संरक्षणमा ठूलो सहयोग गर्छ ।” नगरपालिकाभित्र रहेका छ समूहलाई थप मनोवल प्रदान होस् भनेर कमै भए पनि आर्थिक सहयोग गरेको नगरप्रमुख घर्तीले बताए । वडा नं ६ का मयुर नाच संरक्षणमा जुटेका युवाले यो सहयोगले काम गर्न झनै सजिलो भएको बताए ।

नगरपालिकाभित्रका यस्ता संस्कृति संरक्षणले नगरपालिकामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई ठूलो सहयोग पुग्ने नगरप्रमुख घर्तीले बताए । त्यस्ता संस्कृति संरक्षण गर्न सके सिङ्गो जिल्लाको संस्कृतिको संरक्षण हुने विश्वासका साथ नगरपालिकाले यो अभियान सञ्चालन गरेको नगरपालिकाकाले जनाएको छ । नगरपालिकाभित्र लुकेर रहेका संस्कृतिलाई संरक्षण गर्न सके भावी सन्ततिका लागि सहयोग हुने घर्तीको भनाइ छ ।

संस्कृति र परम्परासँग नेपालीको जीवन जोडिएकाले पनि संरक्षण गर्न आवश्यक रहेको उनले बताए । उक्त नगरपालिकाजस्तै जिल्लाका अन्य स्थानीय तहले पनि आफ्नो ठाउँमा भएका संस्कृतिको संरक्षण गर्नुपर्नेमा सरोकारवालकाको जोड छ । पुरानो संस्कृतिले नेपाली संस्कृतिको जर्गेनासँगै मानिसको जीवनस्तर उकास्न सहयोग गर्ने भएकाले संस्कृतिको संरक्षण गर्न आवश्यक हुने सरोकारवालाको भनाइ छ ।