१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा इन्टरनेट प्रयोगकर्ता बढ्दै



अ+ अ-

दाङ । दाङमा इन्टरनेट प्रयोगकर्ता बढिरहेका छन् । मुलुकमा विज्ञान र प्रविधिको तीव्र विकाससँगै इन्टरनेट प्रयोगकर्ता बढिरहेका हुन् ।

दाङमा अहिले करिब चार हजार इन्टरनेटका ग्राहक रहेका छन् । नेपाल टेलिकमले प्रदान गर्दै आएको एडिएसएलका तीन हजार ८७३ ग्राहक रहेका छन् ।

नेपाल टेलिकम तुलसीपरका सूचना अधिकारी दिलबहादुर केसीका अनुसार तुलसीपुरमा एकहजार ४५१, घोराहीमा एकहजार २८०, बिजौरीमा १०७, बेलझुण्डीमा ६४ हापुरेमा ७१ ग्राहक रहेका छन् । उहाँका अनुसार तुलसीपुरमा चार हजार १७० ग्राहकलाई इन्टरनेट पुर्याउन सक्ने क्षमता रहेको छ । त्यस्तै घोराहीमा चार हजार ९४४ क्षमता रहेको छ । त्यस्तै टेलिकम तुलसीपुर मातहत रहेको सल्यानमा ३०५, रोल्पामा ४४९, प्यूठानमा १५६ इन्टरनेट प्रयोग कर्ता रहेको केसीले बताउनुभयो ।

यस्तै दाङसहित विभिन्न जिल्लाका शहरमा शुरु भएको फोरजी सेवा प्रभावकारी हुन सकेको छैन । दाङको घोराही, तुलसीपुर तथा लमहीमा फोरजी सेवा शुरु भएको हो तर यो सेवा प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन । केन्द्रकै समस्याका कारण प्रभावकारी बन्न नसकेको सूचना अधिकारी केसीले बताउनुभयो । “यो समस्या यताबाट होइन”, उहाँले भन्नुभयो, “केन्द्रीय समस्याका कारण यस्तो समस्या देखिएको छ ।”

अहिलेको फोरजी सेवा ६५ लाख जनसङ्ख्यालाई धान्ने खालको योजना रहेको केसीले बताउनुभयो । त्यसका लागि तुलसीपुरको गुम्राहा चोकदेखि बिपी चोकसम्म फोरजीको लाइन तानी सकेको र सडक विभागले घोराही रोडमा सडक निर्माण गर्न लागेको हुँदा फोरजीको काममा केही समस्या भएको उहाँको भनाइ छ ।

यस्तै दाङमा पनि मोबाइलको टावर विस्तारलाई तीव्रता दिइएको छ । गत वर्ष मात्रै दाङमा १२ वटा टावर निर्माण भएका छन् । जसमध्ये चारवटा टावर सञ्चालन भएका छन् भने अन्य टावर सञ्चालन हुने अन्तिम प्रक्रियामा छन् ।