८ असार २०८३, सोमबार
,
Latest
विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस मुस्ताङ आउने विदेशी पर्यटक बढे वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख: एमाले तीन मन्त्रीद्वारा माडी जाने सडक निरीक्षण रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो… अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन: प्रदीप ज्ञावली
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरवासीले सडकमै टाँसे मेयरको फोटो



अ+ अ-

विराटनगर । विराटनगरका स्थानियले मेयर भीम पराजुलीको पोटो सडकको पोलमा टाँगेका छन्। महानगरपालिकाले सडक निर्माणमा चासो नदेखाएको भन्दै विराटनगर–६ का स्थानीयले मेयर पराजुलीको फोटो सडकमा टासेका हुन् ।

कोसी राजमार्गबाट शिवमन्दिर चोक हुँदै पश्चिमतर्फ जाने बाटो निर्माण नभएपछि स्थानीयले ‘हाम्रो विराटनगर, राम्रो विराटनगर’ लेखिएको पोष्टर बिजुलीको पोलमा राखेका छन्। सडकमा धुलो उडेर आजित भएकाहरूले मंगलबार बिहान भद्र विरोध गर्दै पोलमा तस्बिर टाँगेका थिए ।

विराटनगर महानगरपालिकाभित्र ढल तथा नाला निर्माण गर्ने गरी क्षेत्रीय सहरी विकास परियोजना सञ्चालित छ। परियोजनाको काम समयमा नै सम्पन्न नहुँदा नगरबासीले समस्या भोग्दै आएका छन्।

यसअघि भक्तपुरको नगरकोट र दोलखाको चरिकोटका स्थानीयले सडक नबनाउने ठेकेदारका तस्बिर सवारी साधन र बिजुलीका पोलमा टाँसेका थिए।




न्यूजपोलारबाट थप समाचार