४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

खोकनामा ‘चीन छोङछिङ–नेपाल तरकारी तालिम केन्द्र’ स्थापना गरिने

खोकनामा ‘चीन छोङछिङ–नेपाल तरकारी तालिम केन्द्र’ स्थापना गरिने
अ+ अ-

काठमाडौँ: नेपालको कृषि क्षेत्रलाई आधुनिक प्रविधिसँग जोडेर ग्रामीण अर्थतन्त्र रूपान्तरण गर्ने उद्देश्यले ललितपुरको खोकनामा ‘चीन छोङछिङ–नेपाल तरकारी तालिम केन्द्र’ स्थापना गरिने भएको छ ।

बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेल, नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि यु पेङचेङ र चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट नेपालकी निर्देशक सु झियाङले आज उक्त केन्द्रको शिलान्यास गर्नुभयो । कुल ३२ लाख रुपैयाँमा निर्माण हुने सो तालिम केन्द्रमा स्थानीय, प्रदेश सरकार र चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टको सहकार्य हुने जनाइएको छ ।

सोही अवसरमा स्थानीय कृषक समूहलाई प्रविधि र अन्य प्राविधिक विषय ज्ञान प्रदान गर्न उच्चस्तरको तालिम सुरुआत गरिएको छ । चीन सरकारको ‘चीन–दक्षिण एसियाली मुलुक गरिबी निवारण तथा सहकारी विकास केन्द्र–नेपाल भाइब्रेन्ट भिलेज’ पहलअन्तर्गत सञ्चालित यो परियोजनाले ललितपुर महानगरपालिकाको खोकना र दक्षिणकाली नगरपालिकामा कृषि आधुनिकीकरणमा नमूना क्षेत्रका रूपमा सहकार्य गर्ने लक्ष्य राखेको छ ।

मन्त्री पौडेलले सो तालिम केन्द्र सञ्चालनमा आएपछि किसानलाई प्राविधिक ज्ञान दिलाउन र रोजगारी सृजनामा महत्त्वपूर्ण भूमिका गर्ने विश्वास व्यक्त गर्नुभयो । चीनले कृषि प्रविधिमा मारेको फड्कोबाट नेपालले पनि लाभ लिन चाहेको उहाँले बताउनुभयो ।

त्यसैगरी चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट नेपालकी निर्देशक सु झियाङले यसप्रकारको सहकार्यले नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने र दिगो कृषि प्रणालीको जग बसाल्ने बताउनुभयो । निर्देशक झियाङले समग्र परियोजना आधुनिक कृषि प्रणालीको विकास गर्न लक्षित भएको बताउनुभयो ।

चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टले चितवनमा हाइब्रिड धान, झापामा मत्स्यपालन र पशुपालनजस्ता परियोजना सञ्चालन गरिसकेको छ । चिनियाँ सहकार्यमा भएको यस कार्यक्रमअन्तर्गत खोकना र दक्षिणकालीमा रैथाने बालीको प्रवर्द्धन, बेमौसमी तरकारी उत्पादन र जीवन्त गाउँको निर्माणमा योगदान पुगेको ललितपुर महानगरपालिका–२१ का अध्यक्ष रवीन्द्र महर्जनले बताउनुभयो ।

उक्त समारोहमा चिनियाँ पक्षबाट अत्याधुनिक खेतबारी जोत्ने मेसिन ललितपुर महानगरपालिका वडा नं २१ को कृषक समूहलाई हस्तान्तरण गरियो । रिमोट कन्ट्रोलबाट चल्ने सो मेसिनले एक घण्टामा एक हजार वर्गमिटर जोत्न सक्ने र इन्धनको पनि कम खपत हुने चिनियाँ प्राविधिकहरूले जानकारी दिएका छन् ।

यसप्रकारका तालिम र प्राविधिक सहकार्यमा चिनियाँ विशेषज्ञ र अनुसन्धानकर्ताहरूको प्रत्यक्ष रेखदेख र संलग्नता रहने आयोजकले जनाएको छ । यस आयोजनाले ६० भन्दा बढी किसान परिवारलाई प्रत्यक्ष लाभान्वित तुल्याएको छ । सो अवसरमा स्थानीय महिला समूहले हातले बुनेका जुत्ता, स्थानीय मिठाइ र परियोजनाअन्तर्गत उत्पादन गरिएका ताजा तरकारी प्रदर्शन गरेका थिए ।