३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

महेन्द्र राजमार्गको पूर्वी खण्ड, कतै निर्माण कतै अधुरो

महेन्द्र राजमार्गको पूर्वी खण्ड, कतै निर्माण कतै अधुरो
अ+ अ-

काठमाडौँ। नेपालको लाइफलाइन पूर्वपश्चिम राजमार्ग अर्थात महेन्द्र राजमार्गको विस्तार कार्य जारी छ । एसियन हाइवेको नाम दिइएको यस राजमार्गको पथलैयादेखि झापाको काकडभिट्टासम्मको पूर्वीखण्ड कहिले सकिएला भन्ने कौतुहल सर्वत्र छ ।

तर अहिले खण्डखण्डमा भइरहेको विस्तार कार्य निकै सुस्त छ । ठाउँठाउँमा कल्भर्ट पुलपुलेसा र ठूला, लामा पुल निर्माण भइरहेका छन् । यसकारण बाटैभरि डाइभर्सन बनाइएका छन् । राजमार्गले छोएका ठूला शहर बजार क्षेत्रहरू जस्तै बर्दिबास, लहान, इटहरि, दमक, बिर्तामोडमा काम ढिलो सुरू भएका छन् ।

राजमार्गले छोएका शहरहरूमा ग्वार्कोमा बनाइएको फ्लाइ पुल निर्माण भइरहे पनि दुबै तर्फका सडक बनाउन बाँकी नै छ ।

पुरानो मुल सडकका दायाँबायाँ बनाइएका अर्थात विस्तारित सडकको अवस्था हेर्दा अझ केहि वर्षमा मात्र सडकको पूरा काम सकिने अवस्था देखिएको छ ।

यस सडक निर्माणमा पछिल्लो समय निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले थप समस्या निम्त्याएको छ । यस सडकमा कार्यरत एक नेपाली इन्जिनियरका अनुसार, अहिले काम सुस्त भइसकेको छ र पूर्ण क्षमतामा काम हुन सकेको छैन ।

उनका अनुसार, बिटुमिन पाइन छाडेको छ, इन्धनको मूल्यवृद्धिले निर्माण महंगिएको छ, रोडा ढुंगा माटोमा स्थानीय निकायले कर लिएपछि थप तनाव उत्पन्न भएको छ ।

यहि कारण अहिले सडक निर्माण लगभग ठप्प छ । केही खण्डमा काम भएको देखिए पनि ज्यादै कम जनशक्ति, मेसिन र कामदार खटिएको पाइन्छ ।

यस राजमार्गका बिकल्पका रूपमा हुलाकी सडक र मदन भण्डारी राजमार्ग रहेकाले यस मार्गमा त्यति धेरै तनाव छैन, तर राष्ट्रिय गौरवको यो राजमार्ग निर्माणमा देखिएका समस्या सुल्झाएर सहज वातावरण बनाउन सरकारी निकायले ध्यान दिने कि ?