२४ भाद्र २०८३, बुधबार
,
Latest
जेन–जी आन्दोलनको एक वर्ष: युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरा मन्दिरमा द्वारकापुरी दिव्यधाम निर्माण हुने



अ+ अ-

मध्यपुरथिमि । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुमा हालै निर्माण गरिएको माता पाथीभरा मन्दिर क्षेत्रमा द्वारकापुरी दिव्यधाम निर्माण गरिने भएको छ । सूर्यविनायक क्षेत्रलाई धार्मिक पर्यटन विकास गर्नका लागि द्वारकापुरी दिव्यधाम निर्माण गर्न लागिएको मन्दिर मूल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बस्नेतले जानकारी दिए ।

यस क्षेत्रमा सत्सङ्ग हल, गुरूकुल, यज्ञशाला, पाठशाला, गौशाला, धर्मशाला, प्रतिक्षालय, द्वारका कुण्ड र मन्दिर प्रवेशको आकर्षक द्वार र सबै गोत्रका ऋषिका प्रतिमा स्थापना गर्ने गरी गुरुयोजना बनाइएको उनले बताए । मन्दिर मूल व्यवस्थापन समितिका संरक्षक एवं १०८ भागवत वाचक अरबिन्द्र शास्त्रीले पाथीभराको मन्दिर निर्माण भएपछि अहिले हरेक दिन दुईदेखि तीन सय धार्मिक पर्यटकले मन्दिरको दर्शन गर्न थालेका बताए ।

गत असोज १२ देखि २१ गतेसम्म सोही क्षेत्रमा लगाइएको शतचण्डी ज्ञान महायज्ञ गरी पाथीभार वैष्णोदेवीको मन्दिर स्थापना गरिएको बताउँदै उनले उक्त महायज्ञबाट रु १४ लाख ७४ हजार २८ आम्दानी भएको जानकारी दिए । गौ संरक्षक केन्द्रका अध्यक्ष नारायणप्रसाद न्यौपानेले मन्दिर क्षेत्रमा द्वारकापुरी दिव्यधाम निर्माण गर्न गौ संरक्षण केन्द्रले सहयोग गर्ने बताए ।