१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सीमा विवादले ठोस रुप लिन सकेन, अझै कैलाली र कञ्चनपुरका ३८० सीमास्तम्भ नै गायब

सीमा विवादले ठोस रुप लिन सकेन, अझै कैलाली र कञ्चनपुरका ३८० सीमास्तम्भ नै गायब
अ अ+ अ-

काठमाडौं। नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुरमा सीमा विवाद समाधान गर्न सकेको छैन । दुई देशका सरकारबीचको सहमतिमा तीन वर्षयता दुईवटा संयुक्त सर्भे टोली सीमा अद्यावधिक गर्न खटिए पनि विवाद भने उस्तै छ । कैलालीको फूलबारी, भजनी, खक्रौला तथा कञ्चनपुरको पुनर्वास, बेलौरी, प्याराताल, ब्रह्मदेवलगायतका ठाउँमा वर्षौँदेखि दुई देशबीच सीमा विवाद छ । यी ठाउँमा नेपाली भूमिलाई भारतीयले दाबी गरेपछि विवाद देखिएको हो ।

नेपाली सर्भे टोली प्रमुख नापी अधिकृत जनकराज भट्टका अनुसार सर्वेक्षण गर्दा कैलाली र कञ्चनपुरमा मुख्य र सहायक गरी तीन सय ८० वटा स्तम्भ हराएका पाइएको थियो । कैलालीमा एक सय ३३ र कञ्चनपुरमा दुई सय ४७ स्तम्भ हराएका पाइएको हो । सर्भे टोलीले तीमध्ये विवाद नरहेका ठाउँमा आठवटा मुख्यसहित ४९ वटा नयाँ सीमा स्तम्भ राखेको छ ।

विवाद नभएको ठाउँमा राखिए पिलर:सीमा विवाद समाधानका लागि खटिएको संयुक्त टोलीले विवाद नरहेका ठाउँमा हराएका केही पिलर राख्ने र जीर्ण अवस्थामा रहेका केही पिलरको मर्मत गर्ने काम गरेको छ । त्यसबाहेक विवाद देखिएका ठाउँमा टोलीले काम गर्न सकेको छैन । सुरुमा प्रमुख नापी अधिकृत सुदर्शन धामी र गत वर्षदेखि प्रमुख नापी अधिकृत जनकराज भट्टको नेतृत्वमा नेपाली टोली खटिएको छ ।

टोलीले कैलालीमा हराएका र जीर्ण भएका ४९ ठाउँमा नयाँ सीमा स्तम्भ राख्ने काम गरेको नेपाली टोली प्रमुख भट्टले बताए । ‘बढी विवाद रहेका कारण कञ्चनपुरमा भने कामै सुरु हुन सकेको छैन,’ भट्टले भने, ‘कैलालीमा विवाद नरहेका ठाउँमा संयुक्त सर्भे टोलीले गत वर्ष ४९ वटा सीमा स्तम्भ राखेको छ ।’

भारतीयले उपभोग गरेको जमिनमा बढी समस्या:कञ्चनपुरमा धेरै ठाउँमा सीमा स्तम्भ हराएका छन् । भारतीयले सीमा स्तम्भ हटाएर नेपाली जमिनमा खेतीपाती गर्दै आएका छन् । ‘त्यस्ता ठाउँमा नयाँ नापी गर्दा उपभोग गर्दै आएको जमिन फेरबदल भएकाले पनि समस्या देखियो,’ भट्टले भने, ‘विवादित क्षेत्रमा कामै गर्न सकेनौँ ।’ कैलालीको फूलबारीमा नेपालीले वर्षौँदेखि उपभोग गर्दै आएको सामुदायिक वनलाई भारतले आफ्नो दाबी गरेको छ । यस्तै, कञ्चनपुरको पुनर्वास, बेलौरी क्षेत्रमा पनि नेपाली भूमि भारतीयले अतिक्रमण गरेका छन् ।

यस्तो छ कार्यादेश:ससीमा विादले ठोस रुप लिन सकेन, अझै कैलाली र कञ्चनपुरका ३८० सीमास्तम्भ नै गायबंयुक्त सर्भे टोलीलाई दुवै देशको नक्सा भिडाएर हराएका ठाउँमा नयाँ सीमा स्तम्भ राख्ने, भएका स्तम्भलाई मर्मत र रंगरोगन गर्ने कार्यादेश दिइएको छ । हराएका स्तम्भ राख्न नसके पनि मर्मतको काम भने एक चरण सकिएको भट्टले बताए । नापी विभागका अनुसार यस वर्ष पनि संयुक्त सर्भे टोली केही दिनमै कैलाली र कञ्चनपुरका सीमाक्षेत्रमा खटिँदै छ । नयाँ पत्रिका दैनिकबाट