१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

लोकसेवामा सरकारी कर्मचारीको परीक्षा तयारी, प्रभावित बने सिंहदरबारदेखि वडा कार्यालयसम्मको सेवाप्रवाह

लोकसेवामा सरकारी कर्मचारीको परीक्षा तयारी, प्रभावित बने सिंहदरबारदेखि वडा कार्यालयसम्मको सेवाप्रवाह
अ अ+ अ-

काठमाडौं । लोकसेवा आयोगलगायतका विभिन्न परीक्षा तयारीका कारण कर्मचारीले कार्यालयमा समय नदिँदा देशभरका सरकारी कार्यालयको सेवाप्रवाह प्रभावित बनेको छ । कर्मचारीहरूले कार्यालय समयमा कार्यालयमा नै बसेर परीक्षा तयारी गर्ने र बिदामा बसेर परीक्षाको तयारी गर्दा प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारदेखि स्थानीय तहका वडा कार्यालयसम्मका सेवाप्रवाहमा सुस्तता आएको हो ।

सरकारीस्तरमा सक्षम प्रशासन बनाउने दृष्टिकोण नहुँदा यस्तो समस्या आएको प्रशासनविद् तथा पूर्वसचिव भीम उपाध्यायले बताए । उनले भने, ‘निजामति सेवामा रहेको कार्यसम्पादनलाई आधार मान्ने भन्दा पनि परीक्षा प्रणालीलाई मात्र आधार बनाउने संस्कार रहेसम्म यस्तो समस्या समाधान हुन सक्दैन ।’ अहिले निजामति सेवा प्रवेश गर्ने तथा बढुवा हुने समय भएकाले प्रत्येक वर्ष यस्तो समस्या आउने गरेको उनको भनाइ छ ।

‘एकपटक परीक्षा उत्तीर्ण भएर आएकालाई जिन्दगीभर परीक्षा दिइरहनुपर्ने प्रणाली दोषपूर्ण छ,’ उनले भने, ‘एकपटक छनोट भएकालाई क्षमता वृद्धि गराउने र कार्यसम्पादनलाई आधार मानेर बढुवा गर्ने संस्कारको विकास गर्नुपर्छ ।’ सेवा प्रवेशको उमेरहद घटाउने तथा अनुभव र कार्यसम्पादनलाई महत्व दिन सके यस्तो समस्या नआउने दाबी उनको छ । लामो समयसम्म खुल्न नसकेका लोकसेवा आयोग र संस्थानलगायत विभिन्न सरकारी कार्यालयले विज्ञापन आह्वान गरेसँगै कर्मचारी पनि परीक्षामा जुटेकाले यस्तो समस्या उत्पन्न भएको कार्यालय प्रमुखले बताए ।

संघीयताको पूर्ण कार्यान्वयन भएको र समायोजनपछि ठूलो संख्यामा कर्मचारी आह्वान भएकाले परीक्षाको तयारी गर्ने कर्मचारीको संख्या उच्च रहेको उनीहरूले बताए । सेवाप्रवाहमा आएको सुस्तताका कारण सेवाग्राहीको गुनासो अत्यधिक मात्रामा आउने गरेको दाबी उनीहरूको छ । यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने मन्त्रालय, कार्यालय र विभागलाई सेवा प्रवाहमा असर पर्नेगरी कर्मचारीलाई बिदा दिएमा सम्बन्धित कार्यालय प्रमुखलाई कारबाही गरिने जनाएको छ ।

मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सेवाप्रवाह प्रभावित बनाएर परीक्षा तयारी गर्ने गरेको पाइएमा सम्बन्धित कर्मचारी कारबाहीको भागीदार हुने जनाए । ‘कार्यालय समय र स्रोतको दुरुपयोग गरी सेवा प्रभावित बनाउने र बिदा नै लिएर सेवा प्रवाहमा असर पु¥याउने क्रियाकलाप भएको देखिएमा कर्मचारी र कार्यालय प्रमुखलाई कारबाही गरिनेछ,’ कोइरालाले भने ।

नियन्त्रण गर्न सक्दैनन् कार्यालय प्रमुखहरू: सेवाप्रवाह नै प्रभावित हुनेगरी कर्मचारीले कार्यालयमै परीक्षाको तयारी गर्दासमेत कार्यालय प्रमुखहरूले नियन्त्रण गर्न नसकेको देखिन्छ । नाम नबताउने सर्तमा एक जना कार्यालय प्रमुखले भने, ‘ट्रेड युनियन र राजनीतिक आस्था बोकेका कर्मचारीका कारणसमेत उनीहरूको क्रियाकलाप नियन्त्रण गर्न सकिँदैन ।’

पूर्वसचिव उपाध्यायले यो समयमा धेरै बढुवा र खुलातर्फको परीक्षाको तयारीमा जुट्दा कार्यालय प्रमुखले सेवाप्रवाहलाई असर नपर्नेगरी बिदा स्वीकृत गर्न सक्ने व्यवस्था रहेको बताए । उनले भने, ‘सबै कर्मचारीले आफ्नो वृत्तिविकास चाहेका हुन्छन्, यसमा कार्यालय प्रमुख मात्रले चाहेर पनि सम्भव हुँदैन ।’ राजधानी दैनिकबाट