५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

राजस्व छल्नेहरू धमाधम फन्दामा पर्दै, १७ महिनामा १७ अर्बकै बिगो

राजस्व छल्नेहरू धमाधम फन्दामा पर्दै, १७ महिनामा १७ अर्बकै बिगो
अ+ अ-

काठमाडौं । राजस्व छली गर्नेहरूको अपराध शृंखलामा कमी आउन सकेको छैन । राजस्व छली गर्नेहरूले नयाँ नयाँ पद्धति अपनाउन थालेका छन् । नयाँ प्रविधिको विकाससँगै अहिले मुलुकमा राजस्व छलीका अनेक रूप देखिन थालेका छन् । राजस्वमाराले योजनाबद्ध रूपमा अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्री–वितरण गर्ने, फल्सबटम बनाउने, नक्कली बिजक प्रयोग गर्नेदेखि मूल्य अभिवृद्धिकर (भ्याट) बिलको नक्कली कारोबार गरी राजस्व छली गर्दै आइरहेको राजस्व अनुसन्धान विभागका अधिकारीले बताएका छन् ।

विभागका अधिकारीका अनुसार राजस्व छली गर्नेहरूले गैरकानुनी रूपमा नेपाल भित्र्याइएका चोरीका गाडी वैधानिक बनाउन खोज्ने र भन्सार नाकाबाट ठूलो परिमाणको तयारी मासुसमेत काठमाडौं ल्याएको भेटिएपछि राजस्व छलीका विभिन्न रूप प्रकट हुन थालेका हुन् ।
छलीका विविध रूप देखा पर्न थालेपछि राजस्व अनुसन्धान विभागले पनि राजस्व छली गर्नेविरुद्ध आक्रामक अनुसन्धान र कारबाही अघि बढाउन थालेको छ ।

विभागले विगत १७ महिनाको अवधिमा विभिन्न कम्पनीका सञ्चालक तथा व्यक्तिविरुद्ध १७ अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित मुद्दा दायर गरेको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीले १७ महिनाको अवधिमा विभिन्न कम्पनीका सञ्चालक तथा व्यक्तिविरुद्ध १७ अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित मुद्दा दायर गरिएको बताए । महानिर्देशक मैनालीले मूल्य अभिवृद्धिकर (भ्याट) बिलको नक्कली कारोबार, फल्सबटम बनाएर भन्सार छलाउने र अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्री–वितरण गर्ने खालका पुराना कार्यशैलीसँगै अहिले राजस्व छल्नेहरूले विभिन्न नयाँ तरिका अपनाउने गरेको बताए ।

‘चोरीका गाडी वैधानिक बनाउन खोज्ने र भन्सार नाकाबाट बिनाघोषणा रेफ्रिजेरेटरयुक्त कन्टेनरसहित टनका टन तयारी मासुसमेत काठमाडौं ल्याउने गरिएको छ, जुन राजस्व छलीको डरलाग्दोरूप हो,’ मैनालीले भने । उनले नक्कली भ्याट बिल बनाएर कारोबार गर्नेसित मात्र करिब ११ अर्बभन्दा बढी बिगो दाबी गरिएको जानकारी दिए । पछिल्लो समय विभागको अनुसन्धान टोलीले टोयटा कम्पनीका दुईवटा चोरीका फर्चुनल गाडी र बिनाघोषणा सर्लाहीको मलंगवा भन्सार हुँदै काठमाडौं ल्याइपुर्याएका ११ टन (फ्रोजन) तयारी मासु नियन्त्रणमा लिई सो कार्यमा संलग्नलाई कानुनी कारबाहीका लागि हिरासतमा राखिएको जनाइएको छ ।

विभागका महानिर्देशक मैनालीका अनुसार काठमाडौंका दुई जना व्यवसायी दीपज्योति ग्रुप एन्ड फुड प्रोडक्ट कम्पनीका सञ्चालक बासुदेव मरहट्टा र सीआर ट्रेडिङका सञ्चालक रिंकी चौधरी साहले केही दिनअघि बिनाघोषणा सर्लाहीको मलंगवा भन्सार हुँदै काठमाडौं ल्याइपुर्याएका ११ टन (फ्रोजन) तयारी मासु नियन्त्रणमा लिएको थियो । उनीहरूले भारतीय दुईवटा रेफ्रिजेरटरयुक्त कन्टेनरबाट भन्सारमा हरियो केराउ, मकै, फिंगरचिप्स घोषणा गरी लुकाएर ल्याएको कुखुरा र हाँसको मासु एवं केही केजी गंगटासहितको तयारी मासु काठमाडौं ल्याएका थिए ।

अहिले यस्तो अवैध कार्यमा संलग्न व्यवसायीहरू प्रहरी हिरासतमा रहेका छन् । यसैगरी, भारतबाट चोरी गरी ल्याइएको हाल नेपालमा करिब १ करोड ६५ लाखदेखि १ करोड ७२ लाख रुपैयाँ पर्ने जापानी कार उत्पादक कम्पनी टोयोटाको दुईवटा २०१९ मोडलको ‘फर्चुनर’ कार यातायात व्यवस्था कार्यालयबाट वैधानिक गराउने क्रममा नियन्त्रणमा लिइएको विभागले जनाएको छ । विभागले मंगलबार मात्र नक्कली बिजक प्रयोग गरी १० करोड १५ लाख रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा काठमाडौंको ग्रिन टोबाको कम्पनी प्रालिविरुद्ध काठमाडांैं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

दोलखा घर भई हाल काठमाडौं बस्दै आएका सो प्रालिका सञ्चालक प्रभुराम श्रेष्ठलाई विपक्षी बनाई सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । श्रेष्ठसँगै विभागले सफिन एन्ड ब्रदर्स इन्टरप्राइजेजका प्रोपाइटर सरोज केसी, आरएस स्टोरका प्रोपाइटर मुकेश अग्रवाल, अभिनव सुर्ती उद्योगकी प्रोपाइटर सुष्मा गोयन्कालाई समेत विपक्षी बनाई मुद्दा दायर गरेको जनाएको छ ।

यसैगरी, गोल्डन टोबाको इन्डस्ट्रिजका सञ्चालक र सहयोग सुर्ती उद्योगका प्रोपाइटर दिनेश बासुकला तथा ओम साई सुर्ती उद्योगकी प्रोपाइटर जानुका कार्कीलाई प्रचलित कानुनबमोजिम अन्तःशुल्क स्टिकर नलगाई सुर्तीजन्य वस्तु बिक्री गरेको आरोपमा नियन्त्रणमा लिएको विभागले जनाएको छ । उनीहरूविरुद्ध दायर मुद्दामा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) बमोजिम बिगोको दोब्बरसम्म जरिमाना र तीन वर्षसम्म कैद सजायको माग गरिएको विभागले जनाएको छ ।

यसअघि विभागले आइतबार मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली बीजक प्रयोग गर्ने दुईवटा फर्मका दुई महिलासहित तीन जना व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो । विभागले १ करोड ७४ लाख २१ हजार ८ सय ७० बिगो र बिगोको दोब्बरसम्म जरिमाना र ३ वर्ष कैद सजायको माग दाबी लिई काठमाडौं जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरेको हो ।

साबिक गोरखा जिल्ला हंसपुर गाविस ५ मा स्थायी बसोवास भई हाल काठमाडौं महानगरपालिका ३२ बस्ने अम्बेल इन्टरप्राइजेजकी प्रोप्राइटर विनिता दुवाडीलाई राजस्व चुहावट गरेको अभियोगमा १ करोड २८ लाख ७६ हजार ५ सय ४५ रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिमाना र तीन वर्षसम्म कैद मागदाबीसहित मुद्दा दायर गरेको छ । अम्बेल इन्टरप्राइजेजले वस्तु तथा सेवा खरिद नै नगरी भ्याट बीजक मात्र खरिद गरी भ्याट र आयकरसमेतको राजस्व चुहावटको कसुर गरेको विभागले जनाएको छ ।

राजस्व चुहावटमा अपनाइने तरिका

  • भ्याट र अन्तःशुल्कको नक्कली कारोबार
  • न्यून विजकीकरण
  • झुठा अनुमतिपत्रबाट निकासी पैठारी
  • मालवस्तुको गलत घोषणा
  • ठाडो तस्करी
  • कागजात नै नक्कली बनाउने
  • कर नलाग्ने वस्तु बजारमा बेचेर
  • बिनाबिल बिक्री गरेर
  • फल्सबटम बनाउने
  • अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्रीवितरण गर्ने
  • राजस्व चुहावटका सम्भावित क्षेत्र
  • अन्तःशुल्कमा
  • आयकरमा
  • भन्सार बिन्दुमा
  • मूल्य अभिवृद्धिकर ९भ्याट०मा
  • नियन्त्रणमा देखिएका कमजोरी
  • अनुसन्धान प्रक्रिया वैज्ञानिक नहुनु
  • सूचना संयन्त्रको कमी
  • नियन्त्रण र सन्तुलनको अभाव
  • खुला सिमाना
  • राजस्व गस्ती प्रभावकारी नहुनु

दवाडीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को बमोजिमको कसुर गरी भ्याटतर्फ ४० लाख ३४ हजार ६ सय ३९ रुपैयाँ र आयकरतर्फ ८८ लाख ४१ हजार ९ सय ५ रुपैयाँ राजस्व चुहावट गरेकाले जम्मा बिगो १ करोड २८ लाख ७६ हजार ५ सय ४५ रुपैयाँ राजस्व चुहावट गरेको विभागले जनाएको छ ।

त्यसैगरी, काठमाडौं महानगरपालिका ३२ बस्ने सुसञ्जित इन्टरप्राइजेजकी प्रोपाइटर सरस्वती गौतमसमेतले राजस्व चुहावट गरेको अभियोगमा ४५ लाख ४५ हजार ३ सय २५ रूपैयाँ बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिमाना र तीन वर्षसम्म कैद माग दाबीसहित विभागले आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

गत आइतबार झापामा गुट्खाजन्य वस्तु उत्पादन गर्ने साकम्बरी प्रोडक्टविरुद्ध अन्तःशुल्क स्टिकरमा राजस्व छली गरेको आरोपमा ३६ करोड ५६ लाख रुपैयाँ बिगो कायम गरी झापा जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । विभागले असोज मसान्तसम्ममा विभिन्न २१ वटा मुद्दामा ५७ जनाविरुद्ध कुल १ अर्ब ६२ करोड बिगो दाबीसहित विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरिएको जनाएको छ ।

यसबाहेक विदेशी विनिमय अपचलन तथा अवैध हुन्डी कारोबारमा संलग्न ९१ वटा कसुरका १८२ जनालाई कुल ४ अर्ब ६१ करोड बिगो कायम गरी सो बिगोको तेब्बरसम्म जरिमाना र तीन वर्ष कैद मागदाबीसहित विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । राजधानी दैनिकबाट