२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरीद्वारा विपद् उद्धारको नमुना अभ्यास प्रदर्शन



अ+ अ-

काठमाडौँ: काठमाडौँको कपनस्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलद्वारा विपद् व्यवस्थापन तथा उद्धार क्षमताको प्रदर्शन गरिएको छ।

प्राकृतिक तथा मानव सिर्जित विपद्का घटनामा प्रभावकारी उद्धार र तत्काल प्रतिक्रिया जनाउने उद्देश्यले आयोजित नमुना अभ्यासमा नेपाल प्रहरीका विशेष टोलीले विभिन्न उद्धार प्रविधि प्रदर्शन गरेका हुन्।

अभ्यासका क्रममा भूकम्प, आगलागी, भवन भत्किएको अवस्था तथा जोखिमपूर्ण क्षेत्रबाट घाइतेको उद्धार गर्ने तरिकाको प्रदर्शन गरिएको थियो।

कार्यक्रममा आधुनिक उद्धार उपकरण, तालिमप्राप्त जनशक्ति तथा आपतकालीन समन्वय क्षमताबारे समेत जानकारी दिइएको प्रहरीले जनाएको छ।

तस्बिर: प्रदिपराज वन्त, रासस

 




भर्खरै