२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता

रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द

रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
अ अ+ अ-

काठमाडौं । बुधबार साँझदेखि अवरुद्ध बिपी राजमार्ग बिहीबार बिहान ८ः३० बजेदेखि सञ्चालनमा आएको थियो । त्यसको पाँच घण्टा नबित्दै राजमार्ग बन्द गराइयो र पुनः तीन घण्टापछि खुलाइयो ।

दिउँसो वर्षा हुन थालेपछि रोशी खोलामा सम्भावित बाढीको जोखिम बढ्नसक्ने भन्दै राजमार्ग बन्द गरिएको हो । हालका दिनमा दैनिकजसो वर्षा हुँदा रोशी खोलामा बाढी आउनेबित्तिकै जिल्लास्थित सुरक्षा निकायले बन्द गराइएको सूचना सार्वजनिक गरिहाल्छन् ।

वर्षापछि रोशी खोलामा बाढी आइहाले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा बनाइएको अस्यायी डाइभर्सन बगाइहाल्छ । सोहीकारण पनि राजमार्ग अवरुद्ध हुने भएपछि केही हप्तादेखि अवस्था बुझेरमात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गर्दै आएका छन् ।

सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी तराई तथा पहाडी जिल्लासँग जोड्ने छोटो दूरीका रूपमा रहेको बिपी राजमार्गमा वर्षाले अस्थायी डाइभर्सन बगाउँदा डेढ वर्षदेखि यात्रीले सास्तीपूर्ण यात्रा गर्दै आएका छन् ।

कतिपय यात्रु डाइभर्सनमा जोखिमपूर्ण यात्रा गरिरहेका हुन्छन् भने कहिलेकाहीँ यात्रु बाढीमा फस्दा यात्रु र सुरक्षा निकायलाई सुरक्षामा ठूलै चुनौती थपिएको देखिन्छ । गत सोमबारको वर्षाका कारण बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका-७ स्थित लास्कोट र घुमाउनेको बीचमा फसेका ८९ यात्रुको राति उद्धार गरियो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पाँचवटा माइक्रो बसका ती यात्रुलाई मङ्गलबार दिउँसो १ः०० बजे सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाइएको थियो ।

वर्षात्पछिको बाढीले बिपी राजमार्गअन्तर्गत रोशी क्षेत्रमा बनाइएको अस्थायी डाइभर्सन बगाउन थालेपछि जिल्लास्थित सुरक्षा समितिको बैठकमार्फत सुरक्षा निकायले सोमबार साँझ ५ः०० बजेदेखिनै उक्त क्षेत्रमा आवागमन बन्द गराइएको थियो ।

राजमार्ग बन्द गराउँदागराउँदै यात्रीलाई जोखिमपूर्ण बनाएको जनाउँदै ती माइक्रोबसका पाँचै जना चालकलाई तत्कालै नियन्त्रणमा लिई प्रहरीले कारबाही थाल्यो । बाढीले सोमबार राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई राजमार्गको प्रवेशमार्ग धुलिखेल तथा काभ्रेभन्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गराइएको थियो ।

विसं २०८१ असोज १० देखि १२ गतेसम्मको वर्षाको बाढीले बिपी राजमार्गको भकुण्डे (१ नम्बर पुल) बाट नेपालथोकसम्मको करिब १८ किलोमिटर सडक क्षतिग्रस्त बनेपछि सामान्य वर्षामा समेत नागरिकले यात्रा गर्दा सास्ती खेप्दै आउनुपरेको हो ।

बाढीले क्षति गरेको राजमार्ग पुनर्निर्माणको काम भइरहँदा पनि गत वर्ष वैशाखदेखि हालसम्मको एक वर्षको अवधिमा वर्षाका कारण पटकपटक राजमार्ग अवरुद्ध हुँदै आएको छ । रोशी खोलाको माथिल्लो क्षेत्र बनेपा, पनौती, धुलिखेल, बेथानचोलगायतका स्थानमा वर्षा हुँदा राजमार्गमा निर्माण गरिएको अस्थायी डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध हुने गरेको छ ।

सोही कारण स्थानीय प्रशासनले समेत राजमार्गमा यात्रा गर्ने सवारीसाधन र यात्रुमा हुने जोखिम न्यूनीकरण गर्न स्थानीय राजमार्ग बन्द गर्ने गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार वर्षाको प्रक्षेपण वा वर्षा सुरु हुनेबित्तिकै राजमार्गको रोशी क्षेत्रमा यातायात सञ्चालनमा रोक लगाउनुपर्ने बाध्यता छ ।

जिल्लास्थित सुरक्षा निकायको तथ्याङ्कअनुसार २०८२ वैशाख ५ देखि ६ गतेसम्म एक दिन, वैशाख १२ देखि १४ गतेसम्म डेढ दिन, साउन ४ गते करिब डेढ घण्टा, भदौ १२ गते करिब १२ घण्टा उक्त क्षेत्रमा सडक पूर्ण रूपमा बन्द रहेको थियो । यस्तै जिल्ला सुरक्षा समितिको बैठकले गत वर्ष असार ६ गतेदेखि भदौ मसान्तसम्म, असोज महिनाको १६ देखि १८ गतेसम्म रातको समयमा यातायात बन्द गर्यो ।

सोही अवधिमा दिनमा वर्षा हुँदा पनि पटकपटक अवरुद्ध हुन पुग्यो । यस्तै गत चैतको ७ गते चार घण्टा, १३ गतेदेखि १४ गतेसम्म एक दिन, चैत १५ गते चार घण्टा राजमार्ग पूर्ण रूपमा बन्द गराइएको थियो ।

वैशाख महिनामा १२ देखि १३ गतेसम्म एक दिन, १४ र १५ गते राति राजमार्ग पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । यस्तै वैशाख २१ गते दिउँसो केहीबेर खुल्यो भने दिउँसो बनेपा, पनौतीलगायतका क्षेत्रमा भारी वर्षा भएपछि फेरि बन्द गराइयो । उक्त राजमार्गअन्तर्गत रोशी क्षेत्रको करिब चार किलोमिटर सडक खोलामै डाइभर्सन बनाएर यातायातका साधान सञ्चालनमा ल्याइएको हो ।

विशेषगरी रोशीको बाढीले रोशी क्षेत्रको चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुङ्गा, डालाबेँसी, बुलढुङ्गा तथा माम्तीमा गरी आठ स्थानमा क्षति पुर्याउने गरेको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो ।

“वर्षाले यी क्षेत्रमा डाइभर्सन बगाउँछ, पानीको बहव कम भएपछि पुनः बनाएर आवागमन नियमित गराइन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार डेढ वर्षदेखि डाइभर्सन बनाउने उपकरणहरू सुरक्षित स्थानमा ‘स्ट्याण्डबाइ’ राख्ने गरिएको छ । बिपी राजमार्गको भरपर्दाे वैकल्पिक सडक नहुँदा राजमार्ग अवरुद्ध हुनेबित्तिकै सुरक्षा निकायलाई सवारीसाधन ‘होल्ड’ गर्नुपर्ने बाध्यता हुँदै आएको हो ।

बाढीले क्षतिग्रस्त बिपी राजमार्गको काभ्रेपलाञ्चोकतर्फ चार खण्डमा र सिन्धुलीतर्फ एक खण्डमा पुनर्निर्माणको काम भइरहेको छ । गत सालको बाढीपहिरोले रागमार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको कार्यालयले जनाएको छ ।