२९ भाद्र २०८३, सोमबार
,
Latest
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन”
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २७ अङ्कले बढ्यो



अ+ अ-

काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ४९ अङ्कले बढेर दुई हजार ७४५ दशमलव ६५ बिन्दुमा कायम भएको छ ।

यो एक दशमलव ०१ प्रतिशतको वृद्धि हो । आज ३३५ कम्पनीको ७४ लाख ७८ हजार ५६२ कित्ता सेयर ५३ हजार १४ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २८ करोड ६८ लाख ७० हजार ५५९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ ।

बैंकिङ समूह शून्य दशमलव ६७, विकास बैंक शून्य दशमलव ९५, वित्त एक दशमलव ८७, होटल तथा पर्यटन एक दशमलव ४८, जलविद्युत् एक दशमलव ७१, लगानी एक दशमलव १०, जीवन बीमा शून्य दशमलव ६२ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४० प्रतिशतले बढेको छ ।

त्यस्तै, लघुवित्त समूह शून्य दशमलव १६, म्युचुअल फन्ड शून्य दशमलव ५५, निर्जीवन बीमा समूह एक दशमलव ५२ र अन्य समूह एक दशमलव १३ प्रतिशतले बढेको नेप्से जनाएको छ । त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ५४ प्रतिशतले घटेको छ ।