४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्यालेस्टिनबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघबाट पारित, नेपाल तटस्थ बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा चौथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान सुनसान ‘रिहार’ धाम उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो देशभर मनसुनी वायुको प्रभाव कायम प्रधानमन्त्री ओली आज अमेरिका जाँदै, १० गते महासभालाई सम्बोधन बार्सिलोना मोनाकोसँग पराजित, आर्सनल र एटलान्टाको बराबरी
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजामती क्षेत्रमा नीतिगत र संरचनागत समस्या छ : मन्त्री त्रिपाठी



अ+ अ-

काठमाडौं । नवनियुक्त सङ्घीय, मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले निजामती क्षेत्रमा नीतिगत र संरचनागत समस्या रहेकाले त्यसलाई हल गर्दै कर्मचारी प्रशासनलाई चलायमान बनाउने बताउनुभएको छ ।

आफ्नो मन्त्रालयमा आज कार्यभार सम्हाल्दै मन्त्री त्रिपाठीले कर्मचारी समायोजनमा मनोवैज्ञानिक समस्या रहेको बताउनुभयो । मन्त्री त्रिपाठीले भन्नुभयो, “निजामती ऐन विचाराधीन छ, त्यो टुङ्गिएपछि धेरै कुरालाई निर्धारण गर्छ, विशेष गरी तीन तहको सरकारको बीचको अन्तरसम्बन्धका केही विषय जोडिएको छ, केही कानूनी झमेला छ र केही कानून संशोधन गर्नुपर्ने छ, सबैलाई तारतम्य मिलाएर अगाडि बढ्नुपर्छ ।”

सहमतिमा विश्वास गर्ने भएकाले आफूले अन्य राजनीतिक दलसँग पनि छलफल गरेर उचित निर्णय लिने मन्त्री त्रिपाठीले बताउनुभयो । उहाँले एउटै सरकारको निरन्तरता भएकाले मन्त्री परिवर्तन भएर केही फरक नपर्ने विचार व्यक्त गर्दै विगतदेखि सांसदको हैसियतमा पनि मन्त्रालयका गतिविधि नियालिरहेको बताउनुभयो ।

आर्थिक अनुशासनसँग जोडिएको महत्वपूर्ण पक्ष स्थानीय तहका महालेखाको प्रतिवेदन कसरी निकाल्ने भन्ने व्यवधान रहेको उहाँको भनाइ थियो । स्थानीय सरकारमा जनप्रतिनिधि नयाँ भएका र कार्यालय सञ्चालनमा पनि अनुभव कम भएका कर्मचारी रहेकाले केही समस्या देखिएको जिकिर गर्दै उहाँले जबरर्जस्ती गएका आधा मनले काम गर्ने अवस्था रहँदा अनुशासन अनुकूल काम नभएको बताउनुभयो ।

“यसमा कोही पनि दोषी चाही छैन, पारदर्शीतालाई संस्थागत र संरचना रुपमा लैजानुपर्छ, केन्द्रले स्थानीय तहलाई थिच्न खोज्यो भन्ने होइन”, मन्त्री त्रिपाठीले थप्नुभयो । हाल उक्त मन्त्रालयले ७५३ वटै पालिका भवन निर्माणका लागि कार्यविधि बनाएको र पालिकाबाट पालिका जोड्ने सडक योजनासमेत अघि सारेको जनाएको छ । मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले चार हजार किलोमिटर सडक निर्माण गर्नुपर्ने अवस्था रहेको मन्त्री त्रिपाठीलाई जानकारी दिनुभएको थियो ।

कर्मचारीको समायोजन पूर्ण नभएको, पालिकामा कर्मचारी सबै स्थानमा नगइसकेकाले त्यो चुनौती कायम रहेकाले त्यसलाई हल गर्न सकिए मन्त्रालय सहज रुपमा अघि बढ्ने सचिव कोइरालाले बताउनुभयो ।