८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकको चहलपहलसँर्गै सडकको स्तरोन्नति



अ+ अ-

दैलेख । पर्यटकको चहलपहलसँगै निकै महत्वपूर्ण मानिएको माहाबुधाम सड्कको स्तरोन्नति हुँदै छ । दैलेख र कालीकोटको सिमानामा पर्ने समुद्र सतहदेखि तीन हजार ८०० मिटर उचाइमा कच्ची सडक पुगेको छ ।
सडकको स्तरोन्नति भए १२ महिना नै आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने देखिन्छ भने कर्णाली राजमार्गको जोखिम र लामो यात्राको दुरी घट्ने देखिन्छ । दैलेख र कालीकोटको सिमानासम्मका लागि सहज यातायात सुविधा प्रदान गर्न समुद्री सतहदेखि तीन हजार ८०० मिटर उचाइमा रहेको यो पर्यटकीय सडक निर्माणको शुरुवात विगत दश वर्षदेखि गरिएको हो । पर्यटकीय गन्तव्य मानिएको कच्ची सडक अवका केही वर्षमै चार हजार २०० मिटर उचाइमा रहेको माहाबुधाममै पु¥याएरै छोड्ने योजनाका साथ निरन्तर लागिरहेकोे प्रतिनिधिसभा सदस्य रवीन्द्र शर्माले बताउनुभयो ।

तत्कालीन जिल्ला विकास समितिमार्फत सञ्चालन भएको ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत दैलेखदेखि महाबुसम्मको ४२ किलोमिटर सडक निर्माण कार्यका लागि करीब रु १० करोड बढीखर्च भइसकेको जिल्ला समन्वय समिति दैलेखले जानकारी दिएको छ ।
अहिले कच्ची सडकमार्फत दैलेखदेखि कालीकोटको गाल्जेसम्म यात्रा गर्न सकिन्छ । साना जीप र ट्र्याक्टर आवतजावत हुने गरेका छन् । कच्ची सडकमा धेरैजसो रातो माटो भएकाले सामान्य पानी पर्दा पनि सवारी साधन चिप्लने समस्याले यो सडकमा यात्र गर्ने पर्यटक र यात्रुहरु निकै कष्टकर यात्रा गर्नुपर्ने बाध्यता रहेको भए पनि यो वर्षबाट सरकारले सडकको स्तरोन्नति गर्ने भएपछि यहाँको व्यापार व्यवसायमा समेत निकै सकारात्मक प्रभाव पर्ने दैलेख उद्योग वाणिज्य सङ्घले जानकारी दिएको छ ।
नेपाल सरकारले गतवर्षदेखि पहिलो प्राथमिकतामा राखेको कर्णाली प्रदेशको सुर्खेत दैलेख सदरमुकाम महाबुलेक कालीकोट जुम्ला , हुम्ला, मुगुहुँदै चीनको नाकासम्म जोड्ने त्रिदेशिय सडकका लागि यो वर्ष विनियोजन भएको रु ५२ करोडमध्ये दैलेखको काँडाचौरबाट सडक स्तरोन्नतिको काम शुरु हुने प्रदेशसभा सदस्य अमरबहादुर थापाले जानकारी दिनुभयो । यसका लागि आफू लगातार मन्त्रालयसँग समन्वय गरिरहेको र यो विनियोजित योजना भित्र्याएका केही समयभित्र ठेक्का खोल्ने जानकारी थापाले दिनुभयो ।
दैलेख र कालिकोटको सिमानाको महाबु सडकको स्तरोन्नति भए चार हजार २०० मिटर अग्लो स्थानमा रहेको धार्मिक पर्यटकीय क्षेत्रमहावु धामको सुन्दरता हेर्न सबै सिजनमा पर्यटकको आगमन हुने देखिन्छ । हरियाली फाँट भएकोले पाटनमा भेडा चरन सँगै विभिन्न जातका जडीबुटीको उत्पादनबाट स्थानीयवासीले मनग्य आम्दानी लिनसक्ने जिल्ला समन्वय समिति दैलेखका प्रेमबहादुर थापाले जानकारी दिनुभयो ।
दैलेख सदरमुकाम महाबु र कालीकोटको गाल्जे हुँदै जुम्ला सडक जोडिन सके अहिले कर्णाली राजमार्गको जोखिमयात्रा न्यूनीकरण हुनुको साथै ७९ किलोमिटर सडक छोटो हुने र सामान ढुवानी र यात्रुहरुलाई समेत भाडादरमा कमी हुने देखिन्छ । पर्यटक दिनप्रतिदिन बढ्दै गएको भए पनि यहाँ पुग्ने सडकको स्तरोन्नति छिटो व्यवस्थित हुनुपर्ने देखिन्छ ।