८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतले दिएको आदेशविरुद्ध महरा गए उच्च अदालत



अ+ अ-

काठमाडौं । जिल्ला अदालत काठमाडौंले गरेको आदेश बदर गर्न माग गर्दै पूर्वसभामुख कृष्णबहादुर महराले बिहीबार उच्च अदालत पाटनमा निवेदन दिएका छन्।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको र प्रतिकार गर्दा शारीरिक हिंसा गरेको अभियोगमा डिल्लीबजार कारागार चलान भएका महराले बिहीबार जिल्ला अदालतको आदेश बदर गरी थुनामुक्त गराउन माग गर्दै निवेदन दिएको रजिष्ट्रार बाबुराम दाहालले बताए।

‘महराले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम थुनछेकउपरको निवेदन माथि कैफियत प्रतिवेदन मागको लागि शुक्रबार इजलास पेस गरिँदैछ। त्यसपछि उनको निवेदन सुनुवाइको प्रक्रियामा जान्छ।

जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते महरालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो।