८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाप बढ्दो भएपछि छयानब्बे जना कैदीबन्दी स्थानान्तरण



अ+ अ-

चितवन । कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढ्दै गएपछि स्थानान्तरणको प्रक्रियालाई तीव्र पारिएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार चालू आवमा विभिन्न मितिमा गरी ९६ जना कैदीबन्दीको यहाँबाट स्थानान्तरण गरिएको छ । पछिल्लो पटक कात्तिक ३० गते १२ महिला र पाँच पुरुष गरी १७ जनालाई कारागार कार्यालय पाल्पा पठाइएको छ । जसमा महिलासँगै एक आश्रित बच्चा पनि रहेको उनले बताए ।

कार्यालयमा कैदीबन्दीको चाप बढेसँगै उनीहरुलाई स्थानान्तरण गरिएको काफ्लेले जानकारी दिए । यसअघि भदौ ५ गते वीरगञ्ज कारागारमा २४, कात्तिक ३ गते मकवानपुरको भीमफेदी कारागारमा ५४ र कास्कीमा एकजना स्थानान्तरण गरिएको थियो । कारागारको क्षमता पुरुषतर्फ २५५ र महिलाको २५ जना रहेको छ । अहिले यस कारागारमा ६३ महिला र ७०९ जना पुरुष रहेका छन् ।

छिमेकी जिल्ला मकवानपुरमा महिला बन्दीगृह नहुँदा र नवलपुरमा अदालत स्थापना भए पनि कैदीबन्दी राख्नका लागि कारागार नहुँदा चितवनमा चाप बढेको उनले बताए । अहिले कारागारमा कैदीबन्दी राख्नका लागिसमेत समस्या पर्ने गरेको र सुताउनका लागि ठाउँसमेत साँघुरो हुँदै गएको छ ।