८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कर छल्ने व्यवसायीलाई कारवाही गरिने’



अ+ अ-

काठमाडौँ । मुलुक समृद्धिको मूल आधार नै कर भएकाले समयमा कर तिर्न सबैलाई आग्रह गरिएको छ । नेपाल व्यापार सङ्घ न्युरोडले आठौँ कर सप्ताहका अवसरमा बिहीबार यहाँ आयोजना गरेको ‘कर प्रशिक्षण कार्यक्रम’ मा सो आग्रह गरिएको हो । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय न्युरोडका प्रमुख डा. रामप्रसाद मैनालीले प्रचलित कानून अनुसार कर नतिर्नेलाई कारवाही गर्ने बताउँदै समयमा बिल, बीजक र कागजपत्र राखेर कारोवार गर्नुपर्नेमा जोड दिए ।

“कर छलेर कारोवार गर्ने व्यवसायीलाई छापा मारेर कडा कारवाही गर्नेछौँ”, उनले भने । नेपाल व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष नरेश कटुवालले सरकारले साना व्यवसायीको हकहितमा काम गर्न नसकेको आरोप लगाउँदै पछिल्लो चरणमा भन्सार सहजीकरण भए पनि व्यवसायीले दुःख पाइरहेकाले भन्सारमा दिइने कर र मूल्य अभिवृद्धि कर (भ्याट) स्पष्ट हुनुपर्ने बताए ।

“व्यक्ति विशेषका लागि कानून बनेको छ, समग्र व्यवसायीका लागि कानून बन्नुपर्यो”, उनले भने । नेपाल व्यापार सङ्घका अध्यक्ष कुमार कार्कीले करको दरभन्दा दायरा बढाउनृतर्फ सरकार लाग्नुपर्ने बताउँदै व्यवसायीले भन्सार क्षेत्रमा भोग्नु परेको समस्याका बारेमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए ।

विसं २०४७ माघ ४ मा स्थापना भएको नेपाल व्यापार सङ्घले व्यापारीको हकहितमा काम गर्नाका साथै सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको सङ्घका महासचिव कृष्ण अधिकारीले जानकारी दिए ।