७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

४५ दिनभित्र सहकारी विवरण अद्यावधिक गर्न काठमाडौं महानगरको निर्देशन,नगरे कारबाही हुने

४५ दिनभित्र सहकारी विवरण अद्यावधिक गर्न काठमाडौं महानगरको निर्देशन,नगरे कारबाही हुने
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूलाई नियमित अद्यावधिक, अनुगमन र विवरण पेश गर्न निर्देशन दिएको छ। महानगरको सहकारी विभागले सार्वजनिक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र दर्ता भई सञ्चालनमा रहेका सबै सहकारी संघ/संस्थाहरूलाई तोकिएको कानुनी व्यवस्था अनुसार नियमित सञ्चालन, अभिलेख व्यवस्थापन तथा वार्षिक विवरण पेश गर्न आग्रह गरेको हो।

सूचनामा काठमाडौं महानगरपालिकाको सहकारी ऐन, २०७४ तथा नियमावली, २०८० बमोजिम सबै सहकारी संस्थाहरूले आफ्नो गतिविधि व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ। साथै साधारण सभा नगरी सञ्चालनमा रहेका सहकारी संस्थाहरूलाई साधारण सभा सम्पन्न गरी अद्यावधिक विवरण पेश गर्न ४५ दिनको समयसीमा तोकिएको छ।

महानगरका अनुसार हालसम्म वैशाख १७ गतेसम्म अद्यावधिक भएका सहकारी संस्थाहरूको विवरण पनि सार्वजनिक गरिएको छ। विवरणअनुसार बचत तथा ऋण सहकारी संस्थाहरूको संख्या १,६४४ रहेकोमा ५५९ संस्था मात्र नवीकरण भएका छन् भने १,०८५ संस्था नवीकरण हुन बाँकी छन्।

त्यसैगरी बहुउद्देश्यीय सहकारी संस्थामा १६५ मध्ये १०० नवीकरण भएका छन् भने ६५ बाँकी रहेका छन्। सीपमूलक सहकारी संस्थामा ३ मध्ये २ नवीकरण भएका छन् र १ बाँकी छ। कृषि सहकारी संस्थामा १६ मध्ये ५ नवीकरण भएको विवरण छ। स्वास्थ्य सेवा सहकारी संस्थामा ४ मध्ये ३ नवीकरण भएका छन् भने १ बाँकी रहेको छ। उपभोक्ता सहकारी संस्थामा १३ मध्ये ४ मात्र नवीकरण भएका छन् भने ९ बाँकी छन्। श्रमिक सहकारी संस्थामा २ वटै नवीकरण भएको र सञ्चार सहकारी संस्थामा १ मात्र संस्था रहेको तथा त्यो नवीकरण भइसकेको जनाइएको छ।

महानगरपालिकाले सहकारी संस्थाहरूको स्थलगत अनुगमन तथा निरीक्षण कार्य समेत निरन्तर भइरहेको जानकारी दिँदै आवश्यक कागजातहरू अद्यावधिक र व्यवस्थित रूपमा राख्न निर्देशन दिएको छ। तोकिएको समयसीमाभित्र विवरण पेश नगर्ने तथा मापदण्ड विपरीत सञ्चालन भएका सहकारी संस्थामाथि प्रचलित कानूनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।

महानगरले थप जानकारीका लागि सहकारी विभाग वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न सकिने जनाएको छ।