१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् व्यवस्थापनसम्बन्धी कोष स्थापना



अ+ अ-

बैतडी । दशरथचन्द नगरपालिकाले विपद् व्यवस्थापनका लागि आकस्मिक कोष स्थापना गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा विपद्बाट प्रभावित नागरिकलाई सहयोग पुर्याउन चालू आर्थिक वर्षमा रु २५ लाखको आकस्मिक कोष स्थापना गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले विपद् व्यवस्थापन योजना बनाएर कोषको स्थापना गरेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए । उनले भने, “विपद् व्यवस्थापनका लागि नगरस्तरीय विपद् व्यवस्थापन समिति र वडास्तरीय विपद् व्यवस्थापन समितिलाई समेत सक्रिय बनाइएको छ ।”

दशरथचन्द नगरपालिकामा विपद् जोखिम न्यूनीकरणका लागि युनिसेफको सहयोगमा नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले पनि कार्यक्रम सञ्चालन गरिरहेको छ । दशरथचन्द नगरपालिकाले विपद् जोखिम न्यूनीकरण क्षेत्रमा थुपै्र काम गरेको रेडक्रसका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताए ।