१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सहकारीबाट जीवन बदल्दै पूर्वकम्लहरी

सहकारीबाट जीवन बदल्दै पूर्वकम्लहरी
अ अ+ अ-

घोराही । कुनै समय अर्काको घरमा घरेलु कामदारको रुपमा काम गर्ने कम्लहरीहरु अहिले सहकारीमा सक्रिय भएर जीवन सुधारको बाटोतर्फ उन्मुख भएका छन् । अहिले कम्लहरी उद्धार गरिएका दाङ, बाँके बर्दिया, कैलाली र कञ्चनपुरमा जिल्लामा सहकारी सञ्चालन भएका छन् ।

हालसम्म कम्लहरी मुक्त गरिएका सबै जिल्लामा ४२ वटा सहकारी दर्ता भएर सञ्चालनमा आएका छन् । ती सहकारीले कम्लहरीलाई प्रत्यक्षरूपमा संलग्न गराई आर्थिक क्रियाकलापको काम गरिरहेको पूर्वकम्लहरी उर्मिला चौधरी बताउनुहुन्छ । “हाम्रो सहकारीले पूर्वकम्लहरीलाई निःशुल्क सीप सिकाउने र निःशुल्क ऋण उपलब्ध गराउने गरेको छ । मैले पनि सहकारीबाट ऋण लिएर किराना पसल गरेको हुँ”, उहाँले भन्नुभयो ।

सहकारीले घुम्तीकोष, मासिक बचतमार्फत रकम सङ्कलन र ऋण लगानीसँगसँगै मुक्त कम्लहरीलाई तरकारी खेती, बाख्रापालन, बङ्गुरपालन, कुखुरापालन, किराना तथा फलफूल पसल सञ्चालन र अन्य व्यवसाय सञ्चालनका लागि पनि सीप तथा ऋण दिने काम गरिरहेको उहाँले बताउनुभयो । यसबाट प्रत्यक्षरूपमा मुक्त कम्लहरीको आर्थिक स्थितिमा टेवा पुगेको र आत्मनिर्भरतर्फ उन्मुख गरेको उहाँको अनुभव छ ।

स्थापनाकालदेखि नै लावाजुनी सहकारीमा आबद्ध मुक्त कम्लहरी विकास मञ्चकी निवर्तमान अध्यक्ष सुनिता चौधरी मुक्त कम्लहरीले सहकारीमार्फत लाखौँको कारोवार गरिरहेको भन्दै खुशी व्यक्त गर्नुहुन्छ । सहकारीमा आबद्ध भएकै कारण अधिकांश पूर्वकम्लहरीहरु अहिले छोटो तथा लामो समयको तालीम लिएर व्यवसायी बनेका छन् ।

तालीम मात्र होइन, मुक्त भएका कम्लहरी बिना ब्याजको ऋण पाएर चिया, खाजा, बाख्रापालन, सिलाइकटाइ, तयारी पोशाक, जुत्ता बनाउने, अनमी, जेटिए, ल्याब एसिस्टेन्ट, अटोमोबाइल आदि व्यवसायमा संलग्न रहेका छन् ।

“अहिले पूर्वकम्लहरीहरुले सहकारीको सहयोगमा धेरै आर्थिक उपार्जनका काम गरिरहेका छन्” मुक्त कम्लहरी विकास मञ्चकी पूर्वअध्यक्षसमेत रहनुभएकी चौधरीले भन्नुभयो, “अब त सहकारीको विषयमा तालीम, प्रशिक्षण दिने, विभिन्न व्यवसायका लागि सीप सिकाउनसमेत उनीहरु सक्षम भइसकेका छन् ।”

लामो समयसम्म मुक्त कम्लहरीको क्षेत्रमा काम गरिरहेको मुक्त कम्लहरी विकास मञ्चका अनुसार अहिले मुक्त कम्लहरीहरुले स्थापना गरेको सहकारीमा ४८ प्रतिशत मुक्त कम्लहरी, १८ प्रतिशत उनीहरुको परिवार र ३४ प्रतिशत अन्य परिवारहरु आबद्ध छन् ।

सहकारीको नेतृत्व गरिरहेको मुक्त कम्लहरी विकास मञ्चले दिएको जानकारीअनुसार सहकारीमा हाल करीब १२ हजार १४४ शेयर सदस्य पुगेका छन् । यसमा संलग्न पाँच हजार ८०० मुक्त कम्लहरीले मासिक तथा दैनिक बचत गरिरहेका छन् ।

मञ्चका अनुसार पूर्वकम्लहरीले स्थापना गरेको सहकारी कोषमा हालसम्म रु सात करोड ९८ लाख ५२ हजार ७२० रहेको छ । मुक्त कम्लहरी विकास मञ्चले उपलब्ध गराएको घुम्ती कोषमा रु एक करोड पाँच लाख ४४ हजार १६ गरी जम्मा रु नौ करोड तीन लाख ९६ हजार ७३६ पूँजी पुगेको छ ।

सहकारीबाट ऋण लिएर मात्रै करीब ३८७ जना मुक्त कम्लहरीले व्यवसाय गरिरहेको मञ्चले जनाएको छ भने सहकारीमार्फत नै एक हजार ७२१ ले छोटो अवधिको र ४४८ जनाले लामो अवधिको तालीम लिई रोजगार तथा स्वरोजगारतिर उन्मुख भएका छन् । यस वर्ष मात्रै ३४० जनाले छोटो अवधिको तालीम लिएर रोजगारका लागि सक्षम बनेको मञ्चले जनाएको छ ।