१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरी बचाउ अभियान प्रभावकारी बन्दै



अ+ अ-

विराटनगर । विराटनगर महानगरपालिकाले विसं २०७५ मा ल्याएको छोरी बचाउ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

छोरीलाई बोझ ठान्ने मानिसको धारणामा पनि परिवर्तन आएको छ । छोरी बोझ होइन, छोरीलाई सम्मान गर्नुपर्छ र समयअनुसार दक्ष एवं शिक्षित बनाउँदै लैजानुपर्ने धारणाको विकास हुनुनै कार्यक्रमको सफलता भएको विराटनगर महानगरपालिकाको ठहर छ ।

चालू आर्थिक वर्षबाट शुरु भएपछि लाभान्वित वर्ग खुसी हुँदै गएको महानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले बताउनुभयो । विराटनगर महानगरपालिकाले महानगरभित्र बालबालिकाको हितको संरक्षण सरसफाइ लैङ्गिक समानता, हिंसा, गरीबी,सीमान्त महिला बालबालिकाको संरक्षणको छोरीको गर्भपतनको न्यूनीकरण छोरीलाई प्रोत्साहन गर्नका लागि विराटनगर महानगरपालिकामा छोरी बचाउ अभियान कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

यसका लागि महानगरपालिकाले रु ३५ लाख बजेट विनियोजन गरेको छ । परिवारमा छोरीको महत्व र छोरीलाई प्रोत्साहन गर्ने, छोरीलाई समान स्थान दिने, पहिलो र दोस्रो सन्तान छोरीलाई यस कार्यक्रमले सन्तानको परिभाषा भित्र राखिएको र छोरी बचाउ अभियानअन्र्तगत पहिलो सन्तानलाई रु तीन हजार र दोस्रो सन्तानलाई रु २५ सय विराटनगर महानगरपालिकाले ग्लोबल बंैकमा खाता खोली सो रकम बंैकमा १८ वर्षको लागि राखिदिने गरेको छ । पहिलो सन्तानअन्र्तगत ३५ जनाले यो सुविधा लिएका छन् । दोस्रो सन्तान जन्माउने ३२ जनाले यो सुविधा लिएका छन् ।


सेवा लिनलाई स्वास्थ्य संस्था वा अस्पतालमा सन्तान जन्मिएको हुनुपर्ने, ३५ दिनभित्र जन्म दर्ता गरेको, वडा कार्यालयको सिफारिस अनिवार्य लिएको, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, विवाह दर्ताको प्रतिलिपि र दोस्रो सन्तानको हकमा दुवै छोरीको जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रुपमा रहेको उपप्रमुख कार्कीले जानकारी दिनुभयो । यो छोरी बचाउ अभियान आउने दिनहरुमा अझै प्रभावकारी बन्ने र यसले समाजमा सकारात्मक प्रभाव पारेको धारणा व्यक्त गर्नुभयो ।