२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्द्रचोकको ज्वेलरी पसलमा पेस्तोल देखाएर लुटपाट प्रयास गर्ने तीन जना पक्राउ



अ+ अ-

काठमाडौं  । काठमाडौं महानगरपालिका–२९ स्थित इन्द्रचोकमा रहेको एक ज्वेलरी पसलमा पेस्तोल देखाएर लुटपाटको प्रयास गर्ने समूहका तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुरको ठिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक, काठमाडौं डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेल र ललितपुरको महालक्ष्मी नगरपालिका–६ घर भएका हरिकृष्ण महर्जन रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले राजवाहक र भुजेललाई पक्राउ गरेको हो भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महर्जनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूले गत वैशाख १७ गते इन्द्रचोकस्थित उक्त ज्वेलरी पसलमा पेस्तोल देखाउँदै लुटपाटको प्रयास गरेका थिए । सो क्रममा पसलमा रहेकी एक महिलाले प्रतिकार गर्दै उनीहरूलाई भगाएकी थिइन् । उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भई भाइरल बनेको थियो ।

अनुसन्धानका क्रममा यो समूहले यसअघि पनि आपराधिक गतिविधि गरेको खुलेको छ । गत पुस २१ गते काठमाडौं–२५ मांसाङ गल्लीस्थित एक होलसेल पसलमा उनीहरूले पेस्तोल देखाएर सुन, नगद र अन्य सामग्री लुटपाट गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन् । सो घटनामा २ तोला सुनको सिक्री, ४ लाख रुपैयाँ नगद, २ थान मोबाइल र सीसीटीभी उपकरणसमेत लुटिएको खुलेको छ ।

पक्राउ परेकाहरूको साथबाट एक चाइनिज पेस्तोल, त्यसमा प्रयोग हुने म्यागजिन एक थान, गोली एक थान, नक एक थान, घटनामा प्रयोग भएका कपडा तथा स्कुटर समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको छ ।