२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘देश विकासको प्रमुख आधार खेदकूद’



अ+ अ-

इटहरी । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले खेदकूदलाई देश विकासको प्रमुख आधार बनाउनुपर्ने बताउनुभएको छ । मोरङको बेलबारीमा आयोजित नोबेल अन्तरराष्ट्रिय सितेरियो कराते प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकूदको माध्यमबाट सभ्य नागरिक उत्पादन गर्न मद्दत पुग्ने बताउनुभयो ।

“युवा र बालबालिकालाई खेलकूदप्रति आकर्षित गर्नुपर्छ”, मुख्यमन्त्री राईले भन्नुभयो । खेल आयोजनाबाट भ्रमण वर्षलाई सहयोग पुग्ने उहाँको भनाइ थियो । खेलकूदका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको भन्दै उहाँले सातवटै प्रदेशमा खेलकूद प्रतियोगिताका लागि रकम विनियोजन गरिएको बताउनुभयो । सितोरियो कराते प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, पाकिस्तान, भूटान र बङ्गलादेशका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको आयोजना बेलबारी सितोरियो कराते महासङ्घले गरेको हो ।