२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीभित्र समस्या छैन निर्वाचनमा लाग्नुस् : उपसभापति निधि



अ+ अ-

चितवन । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी भित्र कुनै समस्या नरहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस भरतपुर महानगरपालिका–१६ ले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले उपनिर्वाचनसँगै पार्टीभित्रको आन्तरिक कलह अन्त्य भएकाले निर्वाचनमा होमीन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उपसभापति निधिले हरेक निर्णयहरु सहमतिका साथ भएको बताउँदै यस एकताले निर्वाचनमा मात्रै नभएर समग्र पार्टीलाई नै बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । नेपालमा भएको हरेक परिवर्तनको नेतृत्व काँग्रेसले गरेको उल्लेख गर्दै उहाँले परिवर्तन संस्थागत गर्नका लागि काँग्रेसकै नेतृत्व आवश्यक पर्ने बताउनुभयो ।

उपसभापति निधिले गएको निर्वाचनमा काँग्रेसको हारका कारण खोज्नुभन्दा अहिले एक भएर लाग्नु आवश्यक रहेको बताउँदै अहिलेको सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले अब जनताको पक्षमा काम गर्ने जिम्मेवारी काँग्रेसको रहेको बताउनुभयो ।

नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, निवर्तमान सभापति टेकप्रसाद गुरुङ, काँग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार अमृतराज हमाल, स्थानीय कपिल आले, सुदन पौडेल लगायतले बोल्नुभएको थियो ।

नेपाली काँग्रेसका वडा सभापति रामबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा पार्टी परित्याग गरी विभिन्न व्यक्तिले पार्टी प्रवेश गरेका थिए ।