३ आश्विन २०८१, बिहीबार
,
Latest
गुलशनको विश्व कीर्तिमान, क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि पारे संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गर्ने ७ जना पक्राउ राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन: उपमहासचिव ज्ञवाली खोला किनारामा २० मिटर मापदण्डको विरोधमा माइतीघरमा प्रदर्शन रास्वपा बलियो, स्वच्छ र सुदृढ संघीय सरकारको पक्षमा छ: उपसभापति वाग्ले वीरेन्द्रभक्तले पार गरे मध्यपुरथिमि–पशुपतिसम्मको यात्रा संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिन्छ: मुख्यमन्त्री सिंह बीआरआई परियोजना कार्यान्वयनमा ल्याउन ढिलाई गरिनु हुन्न: गणेशप्रसाद तिमिल्सिना अल हरमिनका परफ्युम नेपालमा प्रश्तावित प्रधानन्यायाधीश राउत र दुई राजदुत उपर सार्वजनिक उजुरी आह्वान
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पाँच वर्षभित्र गत चुनावमा नेकपाले गरेका सबै प्रतिबद्धता पूरा गरिने’



अ+ अ-

दमौली । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गत चुनावमा गरेको सबै प्रतिबद्धता पूरा गर्ने बताउनुभएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ गैह्राखुदीमा निर्माण सम्पन्न भएको डाँडाखुदी गैह्राखुदी लिफ्ट खानेपानी आयोजनाको आज उद्घाटन गर्दै मन्त्री गुरुङले चुनावमा गरिएका सबै प्रतिबद्धता पाँच वर्षभित्र पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“पूरा गर्न सक्ने कामहरुलाई नै घोषणापत्रमा राखेका थियौ ।”, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यसमेत रहनुभएका गुरुङले भन्नुभयो । मुलुकलाई समृद्ध बनाउनका लागि प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणका कामलाई जोड दिएको बताउँदै मन्त्री गुरुङले भन्नुभयो, “विकास निर्माणको सन्दर्भमा प्रदेश सरकार क्रियाशील छ, जनता पनि उत्पादनसँग जोडिनुपर्छ । उत्पादनसँग जोडिए समृद्धि सम्भव छ ।” निर्माण सम्पन्न भएको खानेपानी आयोजना उपभोक्तालाई हस्तान्तरण भइसकेकोले आयोजनाको दिगोपनाको जिम्मेवारी अब उपभोक्ताको रहेको मन्त्री गुरुङले बताउनुभयो ।

ऋषिङ गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापाले खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि यहाँका महिलाहरुलाई सहज भएको बताउनुभयो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद तिमिल्सिनाले रु ७३ लाख ७२ हजार ७२९ को लागतमा आयोजना सम्पन्न भएको जानकारी दिनुभयो । तिमिल्सिनाका अनुसार आयोजनामा सरकारको तर्फबाट रु ५९ लाख ९२ हजार ४६६ लगानी भएको छ भने स्थानीय उपभोक्ताले रु १३ लाख ८० हजार २६२ लागत सहभागिता व्यहोरेका छन् । आयोजनाबाट उक्त ठाउँका ७७ घरधुरी, एक विद्यालय र एक संस्थामा धारा जडान गरिएको छ । आयोजनाबाट ५७६ जना लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष दीपक रानाले जानकारी दिनुभयो ।

यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिकाको ६०औँ कार्यपालिका बैठकले पाँच वटा कार्यविधि माथि छलफल गरी पारित गरेको छ । बैठकले नगरको जग्गा विकाससम्बन्धी कार्यविधि निर्माणका लागि वडा नं २ का वडाध्यक्ष जगतबहादुर गुरुङको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ ।

समितिको सदस्यहरुमा वडा नं १ का वडाध्यक्ष रवीचन्द्र पौडेल, १२ का वडाध्यक्ष मनराज गुरुङ, नगर प्रवक्ता खिमबहादुर कुमाल, १० का वडाध्यक्ष रामचन्द्र भण्डारी, र ५ का वडाध्यक्ष दीर्घबहादुर थापालाई चयन गरेको छ भने सदस्य सचिवमा नगरपालिकाका सूचना अधिकृत लक्ष्मण लम्साल रहनुभएको छ ।
समितिले नगरभित्र एकीकृत बस्ती निमार्णका लागि नमिलेका जग्गालाई व्यवस्थित गर्न अध्ययन गर्ने बताइएको छ । त्यस्तै बैठकले ढोरबाराही क्षेत्र संरक्षण समिति गठन आदेश निर्देशिका २०७६ पारित गरेको छ । उक्त निर्देशिका अनुसार ढोरबाराही मन्दिर व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढाइने प्रवक्ता कुमालले जानकारी दिनुभयो ।
त्यसैगरी शुक्लागण्डकी नगरपालिकाले तालीम, गोष्ठी, कार्यशाला तथा अध्ययन अवलोकन भ्रमण खर्चसम्बन्धी निर्देशिका २०७६, लेखा समितिको कार्यविधि २०७६, उर्जा विकास कार्यविधि निर्देशिका २०७६ र कृषक समूह गठज तथा व्यवस्थापन निर्देशिका २०७६ माथि छलफल गरी पारित गरिएको प्रवक्ता कुमालले जानकारी दिनुभयो ।