२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैशाख २८ गते संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस



अ+ अ-

काठमाडाैँ । सरकारले संघीय संसद्को अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले दिएका छन्।

यसअघि मन्त्रिपरिषद्ले अधिवेशन आह्वानका लागि सिफारिस गरेपछि राष्ट्रपति पौडेलले वैशाख १७ गते दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन बोलाएका थिए। तर, नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम आह्वान गरिएको उक्त अधिवेशन सरकारकै सिफारिसमा वैशाख १० गते स्थगित गरिएको थियो।

अब पुनः सरकारले नयाँ मिति तय गर्दै वैशाख २८ गतेका लागि अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो।