८ पुष २०८२, मंगलवार
,
Latest
प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैनः सञ्चारमन्त्री खरेल महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ: प्रधानन्यायाधीश पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ व्यास नगरपालिकामा फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु सुनको मूल्यमा भारी वृद्धि ‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाबौद्ध गुम्बाको सुनको जलप लगाइएको मूर्ति चोरी



अ+ अ-

भरतपुर । भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ । सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ (गोप्य दानपेटिका) फोडिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले जानकारी दिए ।

गुम्बामा लगाइएको ताला फोडेर चोरी भएको उनले बताए। गुम्बाको सेफ तीन वर्षदेखि खोलिएको थिएन । उनले दानपेटिकामा लाखौँ रुपैयाँ रहेको बताए । बिहान ४ः०० बजे गुम्बामा पूजा गर्न जाने क्रममा चोरी भएको थाहा भएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले मुचुल्का उठाउनाका साथै चोरीमा संलग्नको खोजी भइरहेको जनाएको छ ।