२४ भाद्र २०८३, बुधबार
,
Latest
बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

७९ किमी सडकको नयाँ ट्र्याक खोले स्थानीय तहले



अ+ अ-

दमौली । तनहुँ जिल्लाका स्थानीय तहले ७९ किमी सडकको नयाँ ट्र्याक खोलेका छन् । चार नगरपालिका र छ गाउँपालिका रहेको यहाँका स्थानीय तहले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७५/७६ मा सडकको नयाँ ट्र्याक खोलेका हुन् । भानु नगरपालिकाले १० किमी नयाँ ट्र्याक खोलेको छ भने ३० किमी सडक ग्राभेल गरेको छ । भीमाद नगरपालिकाले ११ किमी नयाँ ट्र्याक खोलेको छ भने १९ किमी कालोपत्र र तीन किमी सडक ग्राभेल गरेको छ ।

शुक्लागण्डकी नगरपालिकाले १३.०५ किमी नयाँ ट्र्याक खोलेको छ भने ४.५२ किमी सडक कालोपत्र र २४.६८ किमी सडक ग्राभेल गरेको जनाएको छ । यस अवधिमा नयाँ ट्र्याक नखोलेको व्यास नगरपालिकाले भने ५.५९ किमी सडक कालोपत्र र २३.१० किमी सडक ग्राभेल गरेको छ । आँबुखैरेनी गाउँपालिकाले १४.५ किमी नयाँ ट्र्याक खोलेको छ भने ०.४ किमी सडक कालोपत्र र ०.४ किमी सडक ग्राभेल गरेको छ । म्याग्दे गाउँपालिकाले चार किमी नयाँ ट्र्याक खोलेको छ भने ३.८ किमी ग्राभेल र ४२ किमी सडकको विस्तार गरेको छ ।

त्यस्तै देवघाट गाउँपालिकाले २६.५ किमी नयाँ सडकको ट्र्याक खोलेको छ । घिरिङ, ऋषिङ र बन्दीपुर गाउँपालिकाले भने यस अवधिमा नयाँ ट्र्याक खोल्न नसकेको बताएका छन् । ऋषिङ गाउँपालिकाले भने चार किमी सडक कालोपत्र र १६८ मिटर सडक ग्राभेल गरेको छ । बन्दीपुर गाउँपालिकाले पनि दुई किमी सडक कालोपत्र गरेको छ ।

म्याग्दे गाउँपालिकाले सात वटै वडामा महत्वपूर्ण सडक पहिचान गरी उक्त सडकमा बाह्रै महिना सवारी सञ्चालन गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । साथै चालू आर्थिक वर्षमा चार महत्वपूर्ण सडकखण्डको डिपिआर तयार गरी पक्कीनाला र कालोपत्र शुरु गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिए । नागिलाका अनुसार नयाँ ट्र्याक खोल्दा अनिवार्यरूपमा सडक छ मिटर हुनुपर्ने मापदण्ड कायम गरिएको छ ।