८ पुष २०८२, मंगलवार
,
Latest
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाद्वारा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा ६०० भन्दा बढीले पाए उपचार



अ+ अ-

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ मा शनिबार आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ६०० भन्दा बढीको उपचार गरिएको छ । युनिक कलेज अफ मेडिसिन साइन्स एण्ड हस्पिटल प्रालि तथा नेपाली सेनाको राजविराजस्थित भीमदल गणको संयुक्त आयोजनामा आयोजित स्वास्थ्य शिविरमा ६०० भन्दा बढीले उपचार सेवा प्राप्त गरेको गणका कार्यअधिकृत अमरबहादुर थापाले जानकारी दिए ।

युनिक अस्पताल र सेनाले बस्तीमै गएर निःशुल्क जाँच र औषधि वितरण गरेपछि ठूलो राहत मिलेको जाँचका लागि आएका स्थानीयवासी बिरामीको भनाइ छ । जिल्लाको अतिविकट मानिएको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरामा गरीबी र विपन्नताका कारण स्वास्थ्य सेवा नपाई समस्यामा रहेका जनतालाई लक्षित गरी सो शिविर आयोजना गरिएको भीमदल गणका प्रमुख सेनानी गुप्तबहादुर कुँवरले बताए ।

यस्ता शिविर सेनाले विगतमा पनि विभिन्न विकट र विपन्न बस्तीमा लक्षित गरी चलाउँदै आएको जानकारी दिँदै यसलाई निरन्तरता दिने काम गरिएको उनले बताए । शिविरमा उपचारका लागि आएका बिरामीलाई निःशुल्क औषधिसमेत उपलब्ध गराइएको थियो । यस्तै शिविरमा फेला परेका जटिल प्रकृतिका रोगीलाई सिफारिस गरी अस्पताल पुर्याउने र त्यहाँ निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको युनिक कलेज अफ मेडिसिन साइन्स एण्ड हस्पिटल प्रालिका प्रमुख जयप्रकाश ठाकुरले बताए ।

शिविरमा अस्पतालका निर्देशक डा सञ्जय सिंहको नेतृत्वमा डा रवीन्द्र चौधरी, डा संजित साह, डा प्रमोद साह, डा अमरेन्द्र यादव तथा भीमदल गणका १० स्वास्थ्यकर्मीसहित २५ सदस्यीय चिकित्सकको टोलीले शिविरमा जाँच गरेको थियो ।