११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एउटै स्पिरिटमा काम गर्नसके अहिलेसम्म नदेखेको विकास हुनसक्छः सभामुख

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एउटै स्पिरिटमा काम गर्नसके अहिलेसम्म नदेखेको विकास हुनसक्छः सभामुख
अ अ+ अ-

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एउटै स्पिरिटमा काम गर्नसके मुलुकले छोटो समयमा ठूलो फड्को मार्नसक्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार विकासलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरकार र संसदबीचको समन्वयलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीको गतिअनुसार कानून निर्माण प्रक्रिया अघि बढाउने दाबी समेत गर्नुभयो ।

उहाँले आफ्नो कार्यकाल मुख्यतः कानून निर्माण तथा त्यसको कार्यान्वयनका लागि कार्यपालिकालाई निर्देशित गर्ने भुमिका प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कानून निर्माणदेखि मुलुकको भौतिक विकासलगायत शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई मिलाएर काम गर्नुपर्नेछ । त्यसमा यहाँहरुको साथ, सहयोग र समर्थन रहिरह्यो भने मलाई लाग्छ छिटोभन्दा छिटो ठूलै फड्को मार्न सकिन्छ । जहिले जुन प्रधानमन्त्रीज्यूको दौड छ त्यही दौडमा लागिरहनुभएको छ कानून निर्माण पनि त्यही गतिमा गर्ने प्रतिवद्धता व्यक्त गरेको छु ।

न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाले एउटै स्पिरिटमा काम गरेभने मैले अनुमान गरेको दुई वर्षमा तपाई हामीले अहिलेसम्म नदेखेको विकास र तपाई हामीले अहिलेसम्म नदेखेको सुशासन देख्न सक्छौँ र भ्रष्टाचार अन्त्य हुन्छ ।  त्यसको लागि हामी सबैले मिलेर काम गर्नुपर्नेछ ।’

देश र नागरिकले जित्नेगरी अबको पाँच वर्ष मुलुकलाई अघि बढाउनुपर्नेमा उहाँको जोड छ । –न्युज एजेन्सी नेपाल