११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताबारे सभापति लामिछाने–‘ केही न केही त कारणहरु होला’

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताबारे सभापति लामिछाने–‘ केही न केही त कारणहरु होला’
अ अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता भएको बारेमा विस्तृत अध्ययन गर्ने बताउनुभएको छ ।

आईतवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले विस्तृत अध्ययनपछि मात्रै आफूले उक्त विषयमा धाराण बनाउने बताउनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले आईतवार संवैधानिक परिषद्(काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सन्देशसहित फिर्ता पठाउनुभएको छ । संवैधानकि परिषद्(काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ पुनःविचार गर्न सरकारसँग आग्रह गर्नुभएको छ । सोही विषयमा सत्तारुढ दल रास्वपाका सभापति लामिछानेसँग सञ्चारकर्मीहरुले जिज्ञासा राख्नुभएको थियो । उक्त विषयमा बोल्दै लामिछानेले कुनै न कुनै कारण राखेर नै फिर्ता गर्नुभएको हुनसक्ने भन्दै बुझेर मात्र प्रक्रिया दिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले बुझ्दै बुझ्दै छु, बुझ्नुपर्ला त्यसलाई । के छ, के भन्नुभएको छ ? त्यसमा बुझौँला । बुझेपछि मात्र प्रतिक्रिया दिउँला । म भर्खरै बैठकबाट निस्केको हुनाले त्यसमा केही न केही त कारणहरु राख्नुभएको पनि होला पक्कै पनि । बुझौँ । मैले भर्खर तपाईले भनेरै थाहा पाएँ । भर्खर म बैठकबाट निस्केको हुनाले त्यसमा बुझेर मात्र प्रतिक्रिया दिन्छु ।’

सरकारले मन्त्रालयको संख्या घटाउने र सुकुम्बासीहरूलाई घरबारविहीन नबनाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको बताउनु भयो ।

यस्तै, उहाँले सरकारले मन्त्रालयको संख्या घटाउने विषयमा गम्भीर छलफल गरिरहेको जानकारी दिनुभयो । विगतका विभिन्न आयोगका सिफारिस र रास्वपाको चुनावी वाचा अनुसार मन्त्रालयको संख्या १५ देखि १८ सम्म झार्ने र मिल्दाजुल्दा मन्त्रालयहरूलाई ‘मर्ज’ गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । उदाहरणका लागि, भौतिक पूर्वाधार र सहरी विकास जस्ता मन्त्रालयलाई एकीकृत गरी एउटै वृहत पूर्वाधार मन्त्रालय बनाउन सकिने विषयमा छलफल भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

बस्ती हटाउने क्रममा सुकुम्बासीहरूमाथि अन्याय भएको भन्ने गुनासोबारे बोल्दै लामिछानेले कुनैपनि नागरिकलाई घरबारविहीन नबनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । विशेषगरी खोला किनारका जोखिमपूर्ण बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु राज्यको दायित्व भएको उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, ‘हामीले हजार दिनभित्र सबैको व्यवस्थापन गर्ने लक्ष्य राखेका छौँ । आजको भोलि नै सबै कुरा पूर्ण नभए पनि राज्यले उनीहरूको गाँस, बास र बालबालिकाको शिक्षाको सुनिश्चितता गर्छ ।’

उहाँले स्थानीय तहहरूलाई रास्वपाको नाम जोडेर भूमिहीनहरूलाई त्रसित नपार्न समेत आग्रह गर्नुभयो । असुरक्षित ठाउँमा रहेकाहरूलाई मात्र स्थानान्तरण गरिने र वास्तविक भूमिहीनहरूको हकमा शक्तिशाली आयोगमार्फत स्थायी समाधान खोजिने उहाँले प्रस्ट पार्नुभयो ।

हालै एक सुकुम्बासीले आत्महत्या गरेको विषयमा टिप्पणी गर्दै उहाँले यसलाई संवेदनशील र अनुसन्धानको विषय भएको बताउनु भयो । पोस्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धानको निष्कर्ष नआएसम्म प्रारम्भिक प्रतिक्रिया दिनु हतारो हुने भन्दै उहाँले घटनाको सत्यतथ्य आएपछि सरकारले जिम्मेवारीपूर्वक कदम चाल्ने विश्वास दिलाउनु भयो ।

सभापति लामिछानेले सरकार र आफ्नो पार्टी नागरिकको जिउधनको रक्षा गर्न र वर्षौँदेखि भोग्दै आएको सुकुम्बासी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न कटिवद्ध रहेको पुनः दोहो¥याउनुभएको छ ।–न्युज एजेन्सी नेपाल