२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माइतीघरमा दलित समुदायको प्रदर्शन



अ+ अ-

काठमाडौँ।  दलित समुदायका सदस्यले देशका विभिन्न स्थानमा दलितमाथि भएका जातीय विभेदका घटनाको विरोधमा स्थानीय माइतीघरमा प्रदर्शन गरेका छन् ।

संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति र दलित नागरिक समाजले संयुक्त रुपमा भएको प्रदर्शनका सहभागीले सिन्धुली, रोल्पा र पोखरामा हालै भएका विभेदका घटनाका दोषीमाथि कारबाही हुनुपर्ने माग गरिएका ‘प्लेकार्ड’ बोकेका थिए ।

सङ्घर्ष समितिका संयोजक दलजित श्रीपालीले यही वैशाख ३ गते ललितपुरको सातदोवाटोबाट पक्राउ परेका कृष्ण विकको खु्र्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा भएको मृत्युको छानबिन हुनुपर्नेमा जोड दिनुभयो । रासस