२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामाचौरमा उम्मेदवार भट्टराई



अ+ अ-

कास्की । आसन्न उपनिर्वाचनमा मत माग्न लामाचौर र बाटुलेचौरमा पुग्दा कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार विद्या भट्टराई अधिकारीलाई स्थानीयवासीले दिवंगत नेता रवीन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा स्वागत गरेका छन् ।

यही मङ्सिर १४ को उपनिर्वाचन नजिकिँदै गर्दा घरदैलामा व्यस्त भट्टराईलाई स्थानीय मतदाताले सहयोग गर्ने आश्वासन दिएका छन् । उहाँ आज त्यहाँ पुग्दा लामाचौरवासीले फूल, माला र अबीर लगाएर स्वागत गरेका थिए । बाटुलेचौरबासीले हरेक सङ्कटमा नेकपालाई जिताएर पठाएको बताउँदै अहिले अधिकारीले छाडेर गएको स्थितिमा विद्यालाई साथ दिने उद्घोष गरेका छन् ।

तल्लो द्वीपबाट शुरु भएको भट्टराईको घरदैलो सुन्दर फिड हुँदै लामाचौर र बाटुलेचौरमा कार्यक्रम तय भएको हो । घरदैलाका क्रममा उहाँले आफू जितेपछि पनि जनताको घरदैलामा निरन्तर आउने र जनताको सेवक भएर काम गर्ने वाचा गर्नुभएको थियो । उहाँले जनताको चाहना विकास भएकाले आफूले स्थानीयस्तरमा गर्नुपर्ने विकासका कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले लोकसंस्कृतिको भूमि मानिने बाटुलेचौरमा संस्कृतिको उत्कृष्ट गन्तव्य बनाउन सकिने धारणा राख्नुभयो । नेकपाले आज बाटुलेचौरमा चुनावीसभा आयोजना गर्दैछ ।