४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

म्युजिक भिडियो कलाकार सङ्घको वार्षिक क्यालेन्डर विमोचन

म्युजिक भिडियो कलाकार सङ्घको वार्षिक क्यालेन्डर विमोचन
अ+ अ-

काठमाडौँ। म्युजिक भिडियो कलाकार सङ्घको आयोजनामा वार्षिक क्यालेन्डर तथा भित्तेपात्रो विमोचन, विशिष्ट तथा वरिष्ठ कलाकारहरूलाई मानार्थ सदस्यता परिचयपत्र वितरण तथा सङ्घका मनोनित सल्लाहकारहरूलाई नियुक्तिपत्र प्रदान गर्ने कार्यक्रम अनामनगरस्थित सिलेटो कटेजमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा बरिष्ठ सङ्गीतकर्मी शम्भु राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सभापतित्व म्युजिक भिडियो कलाकार सङ्घका कार्यवाहक अध्यक्ष सुनील लामिछानेले गरेका थिए।

कार्यक्रममा विशिष्ट व्यक्तित्वहरू दुर्गा राईमाझी, नारायण राईमाझी, प्रस्तोता समाजका अध्यक्ष नरहरि प्रेमी,चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी, रोयल्टी संकलन समाजका उपाध्यक्ष पी एन सापकोटा लगायत विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वहरु उपस्थिति रहेको थियो ।

साथै सङ्घका सल्लाहकारहरू बाबुराज केसी”उज्ज्वल “, हरी डागी ,देवेन्द्र बजगाईँ, शेषकान्त पुरी, घनश्याम आचार्य, शिवन पोखरेल लगायतका अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा म्युजिक भिडियो क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका विशिष्ट कलाकारहरू राजेश हमाल, भुवन केसी, धिरेन शाक्य लगायतका विशिष्ट कलाकारहरुलाई “विशिष्ट म्युजिक भिडियो कलाकार”को मानार्थ परिचयपत्र प्रदान गरिएको थियो।

त्यसैगरी म्युजिक भिडियो क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका कलाकारहरू संस्थाकी संस्थापक अध्यक्ष अन्जु निरौला, निवर्तमान अध्यक्ष सम्झना बुढाथोकी , सुरबिर पण्डित, बिनोद श्रेष्ठ, सविन श्रेष्ठ, रञ्जन रिजाल, अशोक घिताल तथा लोकप्रिय कलाकार पल शाहलाई वरिष्ठ म्युजिक भिडियो कलाकार को मानार्थ परिचयपत्र प्रदान गरिएको सङ्घले जनाएको छ।

कार्यक्रमका संयोजक तथा सङ्घका महासचिव सनम कठायतले म्युजिक भिडियो क्षेत्रलाई संस्थागत, व्यवस्थित र मर्यादित बनाउँदै कलाकारहरूको पेशागत सम्मान अभिवृद्धि गर्ने उद्देश्यले सम्मान कार्यक्रमलाई निरन्तरता दिइने बताए।

साथै वार्षिक क्यालेन्डरमा समावेश गरिएका योजनाबद्ध कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्न सबै कलाकार, स्रष्टा र शुभेच्छुकहरूको सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्।

उक्त कार्यक्रममा नेपाली कलाकारिता क्षेत्रका उल्लेख्य व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। वक्ताहरूले कार्यक्रमको उद्देश्य अत्यन्तै अर्थपूर्ण रहेको उल्लेख गर्दै यसै उद्देश्यअनुसार संस्था अघि बढे देशका कलाकारहरूको हकहित र पेशागत सम्मानका लागि बलियो संस्थाका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए। साथै म्युजिक भिडियो कलाकार संघले कलाकारद्वय दुर्गा भट्ट र निरुता कुवर बिष्टलाई आर्थिक सहयोग समेत गरेको थियो ।