११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
अ अ+ अ-

काठमाडौँ। मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ ।

सुनसरी, सर्लाही, बारा, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर, धनुषा र बर्दियामा शुक्रबार र आज भएका सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको हो ।

सुनसरीको दुहबी नगरपालिका-२ तुथाहामाबसको ठक्करबाट साइकलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका-४ मा ट्याक्टरको ठक्करबाट साइकलमा सवार लालबन्दी-९ बस्ने सन्तोष भट्टराईकी छ वर्षीया छोरी अन्सु भट्टराई, बाराको कलैया उपमहानगरपालिका-२४ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्री कलैया-१६ दिब्यनगरी ७० वर्षीया दहउरादेवी महतो, कास्कीको अन्नपूर्ण गाउँपालिका-९ सुधामेमा बोलेरोको ठक्करबाट साइकलयात्री अन्नपूर्ण-९ का डिलबहादुर आलेकी छ वर्षीया छोरी सुस्मा आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवलपरासी पूर्वको कावासोती नगरपालिका-८ कालीगण्डकी चोकमा आज बिहान ट्रक र स्कुटर एकापसमा ठोक्किँदा स्कुटरमा सवार हुप्सेकोट गाउँपालिका-३ की ३६ वर्षीया निशा कुमाल, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१ स्याउले बजारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दोधारा चाँदनी-१ का १४ वर्षीय विवश चुनाराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, धनुषाको हंसपुर नगरपालिका-२ बक्चौडामा आज बिहान मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका रामटहल मण्डलका १४ वर्षीय छोरा कृष्ण मण्डलको मृत्यु भएको छ भने बर्दियाको गुलरिया नगरपालिका-११ लालपुरमा आज बिहान भएको दुर्घटनामा गुलरिया-११ का अलिशेर साइकी आठ वर्षीया छोरी नाजिया साइको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।रासस