११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सङ्कटालाई पराजित गर्दै आर्मी महिला गोल्डकपको फाइनलमा

सङ्कटालाई पराजित गर्दै आर्मी महिला गोल्डकपको फाइनलमा
अ अ+ अ-

कास्की। पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ ।

आरएस पोखरा फुटबल क्लबको आयोजनामा यही वैशाख १८ गतेदेखि पोखरा रङ्गशालामा सुरु भएको प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा सङ्कटा क्लबलाई ४-२ गोलअन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

खेलमा पहिलो हाफमा १-० को अग्रता कायम गरेको आर्मीले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । आर्मीको जितमा चन्द्रा भण्डारीले दुई, दीपा शाही र हिमा चौधरीले एक÷एक गोल गरिन् । सङ्कटाको तर्फबाट भने दुई विदेशी खेलाडी क्वीनबेल एअमनाराह र लिसिया एलजे मोकाम्बिकले समान एक/एक गोल गरिन् ।

अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको निर्धारित समय सकिएपछि थप गरिएको एक मिनेटमा आर्मीका लागि दीपाले अग्रता दिलाइन् । तुलसा बोहोराको पासमा उनले सहज गोल गरेकी हुन् ।

दोस्रो हाफको सुरुवातमै आर्मीले अग्रता दोब्बर पार्‍यो । ४७औँ मिनेटमा सङ्कटाकी गोलरक्षक सुशीला चौधरीले डिफेन्स लाइनबाट आएको बललाई लङसट खेल्न खोज्दा आर्मीकी चन्द्राले गोल गरिन् । उनले ५५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता तेब्बर पारिन् ।

खेलमा ३-० ले पछि परेको सङ्कटाका लागि ७०औँ मिनेटमा क्वीनबेलले उत्कृष्ट गोल गर्दै खेलमा फर्काउने प्रयास गरिन् । लगत्तै ७२औँ मिनेटमा सङ्कटाले फ्रिकिकमार्फत गोल गर्दै खेल ३-२ को स्थितिमा पुर्‍याएको थियो । लिसिया मोकाम्बिकले प्रहार गरेको फ्रिकिकमा आर्मीकी गोलरक्षक कोपिला खड्काले समात्ने प्रयास गर्दा बल जालीमा ठोकिएको थियो ।

खेलको निर्धारित ९० मिनेट सकिएपछि थप गरिएको आठ मिनेटमा आर्मीकी हिमा चौधरीले गोल गरिन् । यो जितसँगै आर्मीले फाइनलमा आइतबार नेपाल पुलिसको सामना गर्नेछ । नेपाल पुलिस क्लबले यसअघि आयोजक आरएस पोखरा फुटबल क्लबलाई ८-० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको च्याम्पियन टोलीले नगद रु पाँच लाखको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले रु तीन लाख पुरस्कार पाउनेछन् ।

यसैगरी उत्कृष्ट खेलाडीले रु ३० हजार तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले समान रु १५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । अनुशासित टिमले रु २५ हजार पाउने आयोजकले आरएस पोखराले जनाएको छ । रासस