११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

पाकिस्तानमा बुद्ध जयन्तीः साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड

पाकिस्तानमा बुद्ध जयन्तीः साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड
अ अ+ अ-

काठमाडौँ। बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड, श्रीङ्का, म्यान्मा र भियतनामका दूतावास तथा उच्चायोगको समन्वयमा इस्लामावादस्थित नेपाली दूतावासले शुक्रबार विविध कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमअन्तर्गत पाकिस्तानस्थित धर्मराजिका स्तूप र टक्सिला सङ्ग्र्रहालयमा धार्मिक विभिन्न गतिविधि सञ्चालन गरिएका थिए ।

उक्त दूतावासका अनुसार टक्सिला सङ्ग्र्रहालयमा ‘दिगो पर्यटनका लागि साझा बौद्ध सम्पदाको उपयोग’ विषयको छलफलमा पाकिस्तानका लागि नेपालका राजदूत रीता धितालले स्वागत मन्तव्य व्यक्त गर्दै विश्वभरका ५० करोडभन्दा बढी श्रद्धालुका लागि बौद्ध सम्पदास्थल प्रमुख तीर्थस्थलका रूपमा रहेका बताउनुभयो ।

उहाँले ती स्थल आध्यात्मिक, सांस्कृतिक तथा शैक्षिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त रहेको बताउँदै दक्षिण एसियाका बौद्ध स्थललाई पूर्वाधारमार्फत आपसमा जोड्न सके स्थानीय समुदायको सामाजिक–आर्थिक विकासमा टेवा पुग्ने, तीर्थयात्रीलाई ध्यान अभ्यास गर्न सहज हुने तथा अनुसन्धानकर्तालाई बौद्ध दर्शन अध्ययनमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

राजदूत धितालले श्रीलङ्का उच्चायोग तथा थाइल्याण्ड, म्यानमार, भियतनाम र नेपालको संयुक्त आयोजनाले बौद्ध धर्मलाई एसियाभर जोड्ने साझा सांस्कृतिक तथा आध्यात्मिक सेतुका रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै यसले शान्ति, करुणा र प्रज्ञाको सार्वभौमिक मूल्य प्रवद्र्धन गर्ने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी विकास कोषद्वारा तयार गरिएको लुम्बिनी गुरुयोजना, मायादेवी मन्दिर, विहार क्षेत्र तथा शान्तिज्योतिसम्बन्धी विवरण समेटिएको लुम्बिनीसम्बन्धी ‘भिडियो’ पनि प्रदर्शन गरिएको थियो । रासस