१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार मध्य रातदेखी मौन अवधि सुरु



अ+ अ-

दाङ । बुधबार मध्य रातदेखी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनको लागि मौन अवधि सुरू हुँदैछ। मौन अवधिमा कुनै पनि उम्मेदवारको पक्ष र विपक्षमा प्रचार प्रसार गर्न बन्देज लाग्ने भएको हो ।

मुख्य निर्वाचन अधिकृतले बुधबार रातिदेखि उम्मेदवारका पक्ष र विपक्षमा देखिने खालका कुनै पनि गतिविधि गर्न र व्यक्ति विशेषले पनि एसएमएस वा सामाजिक सञ्जालमा कुनै पनि उम्मेदवारको पक्ष र विपक्षमा कुनै पनि प्रचार सामग्री पठाउन तथा लेख्न समेत नपाउने भएका हुन् ।
मंसिर १४ गते जिल्लाको दुई स्थान घोराही १६ र निर्वाचन क्षेत्र नं. ३ (२) मा उपनिर्वाचन हुँदैछ।

उपनिर्वाचनका लागि ४ सय ९२ कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कँवरले बताए।

जिल्ला निर्वाचन कार्यालय दाङले बुधबार नै निर्वाचनको लागि आवश्यक सम्पूर्ण सामग्री प्रदान गर्ने सूचना अधिकारी कँवरले बताए।