८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

आचारसंहिता विपरीतको नियुक्ति बदर



अ+ अ-

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले गरेका सबै नियुक्ति बदर गरिएको छ । समितिले आइतबार अस्पतालको कामु प्रमुख कार्यकारी अधिकृतमा रुपेश शिलाकार, कामु मेडिकल डाइरेक्टरमा डा. दिपेश ढकाल, कामु डेपुटी मेडिकल डाइरेक्टर डा. उत्सवमान श्रेष्ठ र कामु डेपुटी मेडिकल डाइरेक्टर डा अजयकुमार झालाई नियुक्ति गरेको थियोे ।

जिल्लामा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा उक्त पदमा गरिएको नियुक्ति निर्वाचन आचारसंहिता २०७२ को दफा ९ र १० विपरीत भएकाले निर्वाचन आयोगले नियुक्ति बदर गरेको अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले जानकारी दिए ।

ती पदमा जुनसुकै तरिकाले नियुक्ति भए पनि उक्त नियुक्ति निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को उपदफा (२) बमोजिम निर्वाचन आयोगले बदर गरी २४ घण्टाभित्र सोको जानकारी आयोगलाई दिन समितिलाई निर्देशन दिएको छ ।