८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन वर्षभित्र आर्थिक वृद्धिदर दोब्बर हुन्छ: मुख्यमन्त्री पोखरेल



अ+ अ-

दाङ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले अबको तीन वर्षभित्र प्रदेशको आर्थिक वृद्धिदर दोब्बर हुने बताउनुभएको छ । हापुरेमा मङ्गलबार भएको चुनावीसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश ५ का इञ्चार्जसमेत रहनुभएका उहाँले वर्तमान सरकारले सबैभन्दा बढी आर्थिक वृद्धिदरको लक्ष्य हासिल गरेको उल्लेख गरे ।

नेपालले पाँच वर्षपछि दक्षिण एशियालाई नै चकित पार्ने गरी आर्थिक वृद्धिदर हासिल गर्ने मुख्यमन्त्री पोखरेलले बताए । सरकारका गतिविधिप्रति प्रतिपक्षी दलले नकारात्मक टिप्पणी गर्न थालेको भन्दै उनले सरकारको प्रगति हेर्न तीन वर्ष कुर्न आग्रह गरे ।

जिल्लाको विकासका लागि प्रदेशसभा सदस्य स्व उत्तरकुमार वली सदैव लागिपरेको भन्दै मुख्यमन्त्री पोखरेलले भविष्य कोर्ने जिम्मेवारी अब नेकपाका उम्मेदवार विमला वलीको काँधमा आएको बताए । सो अवसरमा नेकपा प्रदेश ५ का अध्यक्ष ओनसरी घर्ती, सचिव जगप्रसाद शर्मालगायतले आ–आफ्नो धारणा राखेका थिए ।