२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु



अ+ अ-

काठमाडौं । अफगानिस्तानको उत्तरपूर्वी बदखसन प्रान्तको सुन खानीमा विस्पोटहुँदा कम्तीमा पाँच जना खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

अधिकारीका अनुसार सहरी बुजर्ग जिल्लाको अविज क्षेत्रमा मजदुरहरूले सुन खोजिरहेको समयमा दुर्घटना भएको हो ।

विपद् व्यवस्थापनका लागि प्रान्तीय निर्देशक मावलवी मोहम्मद अकरम अकबरीले मृतकको सङ्ख्या पाँच पुगेको पुष्टि गर्दै थप पीडितहरूको खोजी कार्य जारी रहेको बताउनु भएको छ ।

दुर्गम बदखसन जिल्ला खनिज स्रोतहरूमा धनी जिल्ला भएता पनि अनियमित र खतरनाक खानी जन्य उत्खनन्ले समस्याग्रस्त क्षेत्रको रुपमा परिचित रहेको जनाइएको छ ।

उच्च गरिबीले ग्रस्त अफगानीस्थानको खानी क्षेत्रमा यस्ता दुखद दुर्घटनाहरू पटक–पटक हुने गरेको पाइन्छ भने परम्परागत र अनियमित खानी उत्खनन्को अभ्यासले आधुनिक मेसिनरी र व्यावसायिक सुरक्षा मापदण्डको अभावमा ज्यान गुमाउनेहरुको सङ्ख्या बढिरहेको जनाइएको छ ।