५ श्रावण २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी लिबियामा डुङ्गा दुर्घटना, सात जनाको उद्धार, १७ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । लिबियाको पूर्वी तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा सात जनाको सकुशल उद्धार गरिनुका साथै १७ जनाको शवको बरामद गरिएको लिबियन आपतकालिन सहयता सङ्गठन रेड क्रिसेन्टले जनाएको छ ।

सङ्गठनले जारी गरेको विज्ञप्तिमा टोब्रुक सहरको नौसेना आधारबाट गस्ती गरेको जहाजले खोजी तथा उद्धारका लागि अपरेसन सुरु गरेको बताएको छ ।

दुर्घटनाका कारण जहाजमा रहेका व्यक्तिहरू आठ दिन सम्म कठनि अवस्थामा समुद्रमा फसेको कारण सात जनाले मृत्यु वरण गर्नुका साथै अधिकाशं घाइते भएको जनाइएको छ ।

पूर्वी लिबियामा नौसेना एकाइ र तट–रक्षकको समन्वयमा गरिएको उद्धार कार्य आठ घण्टा भन्दा बढी समय सम्म चलेको विज्ञप्तिमा उल्लेख गरिएको छ । युरोप र लामो भूमध्य–सागरीय तटरेखासँग निकटताका कारण लिबिया अनियमित आप्रवासीहरूका लागि प्रमुख पारवहन केन्द्र बनेको जनाइएको छ ।

मौसमी अनुकुलताका कारण सिमापार प्रक्रिया सामान्यतया मार्च – सेप्टेम्बरको बिचमा तुलनात्मक रुपमा बढी हुने गरेको जनाएको छ ।