७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

काठमाडौं उपत्यका विकास प्राधिकरणमा विकास आयुक्त पदका लागि आवेदन आह्वान

काठमाडौं उपत्यका विकास प्राधिकरणमा विकास आयुक्त पदका लागि आवेदन आह्वान
अ+ अ-

काठमाडौं — शहरी विकास मन्त्रालयअन्तर्गत सिफारिस समितिको सचिवालयले काठमाडौं उपत्यका विकास प्राधिकरण (केभीडीए) को विकास आयुक्त पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्न आवेदन आह्वान गरेको छ।

प्रकाशित सूचनाअनुसार इच्छुक तथा योग्य नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र मन्त्रालयमा दरखास्त दिन सक्नेछन्। दरखास्त शहरी विकास मन्त्रालय, सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७९ बमोजिम पेश गर्नुपर्नेछ।

आवेदकले सम्बन्धित क्षेत्रमा (सिभिल इन्जिनियरिङ वा अर्बन प्लानिङ) मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, व्यवस्थापकीय तहमा कम्तीमा पाँच वर्षको कार्यअनुभव अनिवार्य गरिएको छ। उम्मेदवारको उमेर हद ३० वर्ष पूरा भएको हुनुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै, नेपाल सरकार वा सरकारी लगानीमा सञ्चालित संस्था, वा कम्पनी ऐनअन्तर्गत स्थापित संस्थामा नेतृत्वदायी भूमिकामा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिइने जनाइएको छ।

आवेदकले नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, व्यक्तिगत विवरण, कार्यअनुभवका प्रमाणपत्र तथा काठमाडौं उपत्यका विकास प्राधिकरणको सुधारसम्बन्धी व्यावसायिक कार्ययोजना (करिब ५ हजार शब्दमा) पेश गर्नुपर्नेछ।