२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातो मत्स्येन्द्रनाथको रथबाट खसालियो नरिवल-फोटो फिचर



अ+ अ-

ललितपुर: रातो मत्स्येन्द्रनाथ रथजात्राअन्तर्गत बुधवार लगनखेलमा नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ ।

मत्स्येन्द्रनाथको रथ लगनखेल पुगेको चार दिनपछि रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलनअनुसार जात्रा सम्पन्न भएको हो । नरिवल खसालेको भोलिपल्ट महिलाले मात्रै रथ तान्ने गर्छन् ।

रथलाई तान्दै लगनखेल पु-याएपछि खुशीयालीमा रथको माथिबाट नरिवल खसाल्ने मान्यता रहिआएको छ । किंवदन्ती अनुसार नरिवल खसाल्ने दिनलाई पाटनवासीले उत्सवको रूपमा लिन्छन् ।

ललितपुरको सबै भन्दा लामो र महत्वपूर्ण मानिने यस जात्रालाई व्यवस्थित रूपमा अगाडि बढाउन स्थानीय प्रशासन र सरोकारवाला निकायहरू सक्रिय रहेका छन् । –न्युज एजेन्सी नेपाल

फोटो- जिल्ला प्रहरी कार्यालय ललितपुर




भर्खरै