३१ भाद्र २०८३, बुधबार
,
Latest
सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा तत्काल सहुलियत विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप परिमार्जनका लागि देशभरबाट कस्ता आए सुझाव ? नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा सहायता प्रवाह अनुमति दिन इजरायललाई राष्ट्रसङ्घको आह्वान



अ+ अ-

काठमाडौं । मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त थमीन अल खितानले इजरायललाई आधारभूत जीवन यापनका लागि अत्याआवश्यक वस्तुहरूमा लगाइएका प्रतिबन्धहरू हटाइ गाजा पट्टीमा मानवीय सहायताको प्रवेशलाई अनुमति दिन आह्वान गरेका छन् ।

जेनेभामा आयोजित संयुक्त राष्ट्रसङ्घको साप्ताहिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता अल खितानले यस्तो अपिल गरेका हुन् ।

प्रवक्ता अल खितानले इजरायललाई गाजामा प्यालेस्टिनीहरूको आधारभूत आवश्यकताहरू पूरा गर्न र मानवीय सहायताको प्रवेश र प्रवाहमा लगाएका सबै प्रतिबन्धहरू हटाई सुरक्षा सुनिश्चित गर्न सुझाव दिए ।

लामो समयको निरन्तरको द्वन्द्वले स्वच्छ पिउने पानी, खाना, खाना पकाउने ग्यास लगायएतका अत्आवश्यक आपूर्तिको तीव्र अभावलाई औंल्याउँदै गाजाको अवस्था निकै गम्भीर रहेको उनले बताए।

सन् २०२५ अक्टोबर देखि गाजामा युद्धविराम भएता पनि, यस क्षेत्रले कडा नाकाबंदी साथसाथै दैनिक इजरायली आक्रमणको सामना गरिरहेको छ जसको परिणामस्वरूप हजारौं नागरिक हताहत भएको जनाइएको छ ।




भर्खरै