११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

काभ्रेको भुम्लु गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा

काभ्रेको भुम्लु गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा
अ अ+ अ-

काभ्रेपलाञ्चोक। जिल्लाको कोशीपारिस्थित भुम्लु गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चिता र दिगोपना पालिका’ घोषणा गरिएको छ ।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ नाराका साथ भुम्लु गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पूर्ण खोप सुनिश्चितता गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरी सो घोषणा गरिएको हो ।

पालिकालाई पूर्ण खोप सुनिश्चिता र दिगोपना पालिका’ घोषणा गर्दै जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले भुम्लु गाउँपालिका जिल्लाका १३ वटा पालिकामध्येको पूर्ण खोप सुनिश्चितामा यो तेस्रो पालिका भएको बताउनुभयो ।

यसका लागि खोप लगाउन गाउँगाउँ र घरघरसम्म पुगेर सचेतना जगाउने काममा भूमिका खेलेका महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको अथक प्रयासले सम्भव भएको बताउँदै उहाँले आगामि दिनमा त्यसलाई दिगोपना दिनका लागि पनि उतिकै भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

सो क्रममा उहाँले भुम्लु गाउँपालिकाले पालिकास्तरीय बालसञ्जाल गठनको घोषणा गरेर अब वडा र सिङ्गो गाउँपालिकालाई नै बालमैत्री घोषणा गर्न थप सहयोग पुगेको बताउनुभयो ।

कार्यक्रममा भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले पालिका स्वास्थ्य शाखाको सक्रियतामा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाको मेहनतले सिङ्गो पालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गर्न सफल भएको बताउनुभयो । उहाँले बालमैत्री शासन व्यवस्था स्थापनाका लागि अब पालिकालाई बालमैत्री पालिका घोषणा गर्ने काममा लागिपर्न बालसञ्जाल र महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको सक्रियता महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङले खोपको सुनिश्चिततासँगै अब दिगोपना दिनका लागि बालबालिकाका अभिभावकहरुलाई पनि खोपको महत्व बुझाउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका खोप अधिकृत पार्थमणि न्यौपानेले बालबालिकाको शारीरिक र मानसिक विकासका लागि एवं रोगसँग लड्नसक्ने शक्ति विकासका लागि जन्मेको १५ महिनाभित्रमा गुणस्तरीय खोप लगाइसक्नुपर्ने बताउनुभयो ।

त्यस्तै १५ महिनाभित्र खोप लगाएको सुनिश्चिताका लागि १६ देखि २३ महिनाभित्रका बालबालिकाको खोजी गरी खोप लगाएको सुनिश्चितता गर्ने काम सम्पन्न गरेर पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिका स्वास्थ्य शाखा अधिकृत बालकृष्ण गौतमले गाउँपालिकाका सबै वडामा गत चैत १६ गतेका दिनसम्ममा १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने सबै खोप दिलाइ पूर्णखोप पाएको सुनिश्चित गरिएकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको बताउनुभयो ।

पालिकाका सबै महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्नुका साथै पालिकाका सबै स्वास्थ्यमध्ये कार्यसम्पादनमा पहिलो हुन सफल वडा नं ९ ज्याम्दी स्वास्थ्य चौकी, दोस्रो हुन फल वडा नं २ सिमथली स्वास्थ्यचौकी र वडा नं ८ का भुम्लुटार स्वास्थ्यचौकीलाई सम्मानपत्रसहित सम्मान गरिएको छ ।

काभ्रेपलाञ्चोकमा स्थानीय तहको स्रोतको परिचालन गरेर पालिकामा पूर्ण खोप सुनिश्चिचता र दिगोपना पालिका घोषणा गर्ने अभियान निरन्तर अगाडि बढिरहेको छ । जिल्लाका १३ पालिकामध्ये अहिलेसम्ममा नमोबुद्ध नगरपालिका र मण्डनदेउपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिसकेको छ । रासस