१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

फास्ट ट्र्याकमा परामर्शदाता छनोट: रद्द गरिएका कम्पनी नेपाली सेनाद्वारा फेरि पनि छानिए

फास्ट ट्र्याकमा परामर्शदाता छनोट: रद्द गरिएका कम्पनी नेपाली सेनाद्वारा फेरि पनि छानिए
अ अ+ अ-

काठमाडौं। काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को परामर्शदाता कम्पनी छान्दा मापदण्ड चुहावट भएको भन्दै पहिले छानिएका कम्पनीको प्रक्रिया रद्द गरेको नेपाली सेनाले नयाँ प्रक्रियाबाट पुनः परामर्शदाता कम्पनी छानेको छ । नयाँ प्रक्रियाबाट परामर्शदाता कम्पनी छान्न पुनः टेन्डर आह्वान गरिएकामा २२ विदेशी कम्पनीले इच्छापत्र बुझाएका थिए । त्यसमध्ये बुधबार मात्रै ६ वटा कम्पनीलाई सेनाले छानेको हो । नयाँ प्रक्रियाबाट छानिएका कम्पनीमा समेत दुई वटा पुरानै प्रक्रियामा समावेश भएका र मापदण्ड चुहावटका कारण टेन्डर रद्द हुनेमा परेका कम्पनी छन् ।

रद्द भएका कम्पनीमध्ये सुसुङ इन्जिनियरिङ र सिंगापुरको मेनहार्ड फेरि अन्तिम ६ कम्पनीको सूचीभित्र परेका हुन् । नेपाली सेनाका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठको नेतृत्वमा रहेको द्रुतमार्ग आयोजनाले अन्तिम ६ वटा कम्पनीको सूची सार्वजनिक गर्दा ती कम्पनी फेरि अटाएका हुन् । नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता विज्ञानदेव पाण्डेले पहिलेको प्रक्रियामा समावेश भएका कम्पनीले पुनः भएका वा हुने टेन्डर प्रक्रियामै सहभागी हुन नपाउने भन्ने नरहेकाले उनीहरू नयाँ प्रक्रियामा परेको हुन सक्ने बताए । उनले पुनः छानिएका कम्पनीका लागि मूल्यांकन मापदण्ड नै फरक रहेको समेत जनाए ।

‘पहिले छानिएका र रद्द भएका कम्पनी फेरि भएका वा हुने टेन्डर प्रक्रियामा समावेश नै हुन नपाउने भन्ने छैन । अहिले नयाँ मूल्यांकन मापदण्डअनुसार परामर्शदाता कम्पनी छानिएको छ । उनीहरू पुनः प्रक्रियामा आएका हुन सक्छन्,’ सैनिक प्रवक्ता पाण्डेले राजधानीसँग भने । उनले पहिलेको डीपीआरमा पुलको संख्या बढी र सुरुङको संख्या कम रहेको र सुरुको डीपीआरको तुलनामा अहिलेको डीपीआरमा समेत धेरै फरक भएकाले त्यसले कुनै असर नपर्ने जनाए ।

अहिले छानिएका ६ वटा परामर्शदाता कम्पनीमा कोरियाली कम्पनी योसिन इन्जिनियरिङ, कोरिया एक्सप्रेस वे र फुङ्वा इन्जिनियरिङ कन्सल्ट्यान्टको संयुक्त भेन्चर, चाइना रेलवे इर्वान इन्जिनियरिङ समूह, पीईसी र डचल्यान्ड प्लानिङ इन्जिनियरिङ जर्मनीको जेभी संयुक्त छन् ।
यस्तै, अस्ट्रेलियाको एसएमईसी, कोरियाको डोङसुङ इन्जिनियरिङ र कोरिया इन्जिनियरिङ कन्सल्टेन्सीको जेभीको संयुक्त कम्पनी तेस्रो नम्बरमा छानिएका छन् । त्यस्तै, चौथो नम्बरमा सिंगापुरको मेनहार्ड, कोरियाको योङ डोङ इन्जिनियरिङ र कोरिया कन्सल्टेन्सी इन्टरनेसनलको संयुक्त कम्पनी छ भने पाँचौंमा स्पेनको इप्टिसा सर्भिस र कोरियाको सोसुङ इन्जिनियरिङको संयुक्त समूह छ ।

अन्तिम सूचीमा छानिएको परामर्शदाता कम्पनीमा कोरियाको दसन कन्सल्ट्यान्ट र रिट्स लिमिटेड तथा भारतको संयुक्त भेन्चर छन् । यसअघि आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सार्वजनिक हुनुअगावै परामर्शदाता छनोट गरिएको भन्दै सैनिक मुख्यालयसहित रक्षा मन्त्रालयमा उजुरी परेपछि सेनाले पहिलेको प्रक्रिया नै रद्द गरेको थियो । अब पुनः प्रक्रियामार्फत छनोट सूचीमा परेका कम्पनीसँग आर्थिक प्रस्ताव माग गरेर अन्तिम सूची निकालिने जनाइएको छ ।

यसअघि भएको छनोटमा मापदण्ड चुहाउने व्यक्ति फेला पार्न नसकेपछि छानबिनका लागि गठित बोर्डले पूर्वप्रमुख प्राविधिक उपरथी योगेन्द्र खाँड, सहायक रथी शरदलाल श्रेष्ठसहित प्राविधिक मूल्यांकन बोर्डका सात जनालाई सदस्यलाई सचेत गराउन सुझाएको थियो । छानबिन अवधिभर आयोजना प्रमुख श्रेष्ठलाई जिम्मेवारीबाटै हटाइएको थियो । श्रेष्ठ फेरि जिम्मेवारीमा फर्किसकेका छन् । राजधानी दैनिकबाट