७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

भारतीय विदेश सचिव मिस्री नेपाल आउने

भारतीय विदेश सचिव मिस्री नेपाल आउने
अ+ अ-

काठमाडौं: परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा भारतीय विदेश सचिव विक्रम मिस्री आउँदो मे ११ (बैशाख २८ गते) मा दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका छन् ।

नेपालमा बालेन्द्र शाह नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेपछि भारतीय उच्च कुटनीतिज्ञको नेपाल भ्रमण हुन लागेको हो । उनले खासगरी प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिने बताइएको छ ।

यद्यपि प्रधानमन्त्री शाहसँग सचिव मिस्रीको भेट हुने वा नहुने निश्चित भइसकेको छैन । प्रधानमन्त्री शाहले विगतको परम्परा विपरीत नेपाल भ्रमणमा रहेका दक्षिण एसिया मामिला हेर्ने विदेश सहायक मन्त्री समिर पल कपुरसँग भेटघाट गरेका थिएनन् ।

सचिव मिस्रीले नेपालमा रहँदा परराष्ट्र मन्त्री शिशिर खनाललाई भेट्ने कार्यक्रम रहनुका साथै भारतीय लगानीमा नेपालमा संचालित विभिन्न कार्यक्रमको समीक्षा गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

केही दिनअघि भारत भ्रमणमा रहेको नेपाली पत्रकारहरुको टोलीसँगको अन्तक्र्रियामा पनि भारतीय विदेश सचिव मिस्रीले आफूले चाँडै नेपालको भ्रमण गर्न लागेको र द्विपक्षीय विषयमा विचारविमर्श हुने जानकारी दिएका थिए ।

गत महिना मरिससमा भएको इन्डो प्यासिफिक सम्मेलनका क्रममा परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय विदेश मन्त्री एस जयशंकर बिच नेपालमा नयाँ सरकार बनेको अवस्थामा कुटनीतिक सक्रियता बढाउने विषयमा छलफल भएको थियो ।