५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजामति सेवाबाट ट्रेड युनियन खारेज गरिए आन्दोलन गर्ने चेतावनी



अ+ अ-

काठमाडौं: निजामती सेवामा ट्रेड युनियनको व्यवस्था खारेज गर्ने भन्दै सरकारले अघि सारेको निजामती सेवा सम्बन्धी विधेयकको प्रावधान प्रति संयुक्त ट्रेड युनियनले विरोध जनाएको छ ।

संयुक्त ट्रेड युनियनमा आबद्ध छ वटा ट्रेड युनियनले संयुक्त विज्ञप्ति जारी गर्दै विगतमा ट्रेड युनियनका तर्फबाट अघि सारिएका मागहरुलाई अनिवार्य रुपमा समावेश गरी संघीय निजामति सेवा ऐन जारी गर्न माग गरिएको छ । साथै ट्रेड युनियन संस्थाहरुसँग वार्ता, संवाद र छलफल गर्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा आफ्ना मागहरूप्रति सरकार उदासिन भई सुनुवाई नगरेमा चरणबद्ध आन्दोलन गर्न बाध्य हुने पनि उल्लेख छ ।

विज्ञप्ति जारी गर्नेहरुमा नेपाल निजामति कर्मचारी संगठन, नेपाल निजामति कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामति संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेशी निजामति कर्मचारी मञ्च र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन रहेका छन् ।

उनीहरुले प्रस्तावित संघीय निजामति सेवा ऐनमा ट्रेड युनियन अधिकार कटौती गर्ने प्रावधान खारेज हुनुपर्ने, सबै पेशाकर्मीलाई आफूले रोजेको संगठनको सदस्य हुन पाउने पूर्ण ट्रेड युनियन अधिकार सुनिश्चित गर्नुपर्ने, कर्मचारीको हकहित संरक्षण, सहभागिता र सामूहिक सौदाबाजीको अधिकारलाई कानुनी रुपमै मजबुत बनाउनुपर्ने तथा सरोकारवाला ट्रेड युनियनसँग पर्याप्त परामर्श र सहमति बिना कुनै पनि कानुनी व्यवस्था अघि नबढाउन माग गरेका छन् ।

विजप्तिमा निजामति सेवालाई थप व्यवस्थित बनाउन सरकारले अघि बढाएका कैयौं विषयमा आफूहरुको सहमति रहेको भन्दै ट्रेड युनियन अधिकार कटौतीको विषय भने कुनैपनि हालतमा स्वीकार्य नरहने जनाइएको छ ।